31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडानिजी विद्यालयका उत्पादन अब्बल

निजी विद्यालयका उत्पादन अब्बल

हेटौंडा/हेटौंडा एकेडेमीले २६ औं वार्षिकउत्सव एवम् अभिभावक दिवस मनाएको छ । एकेडेमीको प्रागंणमा भएको कार्यक्रमको बागमती विश्वविद्यालय बोर्ड अफ ट्रष्टीका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले उद्घाटन गरे । एकेडेमी अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा एकेडेमीका विद्यार्थीले आफ्‌नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बागमती विश्वविद्यालय बोर्ड अफ ट्रष्टी अध्यक्ष प्राडा पौडेलले शिक्षा, राज्यको पहिलो प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । उनले हेटौंडा एकेडेमी २६ वर्ष पहिले स्थापना हुनु हेटौंडाका लागि सुनौलो पक्ष भएको बताए । शुभकामना सन्देश दि“दै पौडेलले राज्यले प्रदान गर्ने शिक्षाले मानवलाई सुबिधायुक्त बनाउने कला सिकाउन पाठ्यक्रम बनाउन विश्वविद्यालयले तयारी गरेको बताए ।

उनले भने–हाम्रा सबै पाठ्यक्रम प्राविधिक र सिपमूलक हुन्छन् । हामी आगामी वर्षदेखि स्नातक तहमा प्राविधिक कोर्स सुरु गर्छौं । प्रविधिमैत्री शिक्षामा हामी फोकस हुन्छौं । पौडेलले १३ वटै जिल्लामा कार्यक्षेत्र रहेकाले सबै जिल्लामा कार्यक्रम अघि सार्ने बताए । देशभर विभिन्न विश्वविद्यालय रहे पनि बागमती विश्वविद्यालयको औचित्य पुष्टि गर्न आफू केन्द्रित रहेको पौडेलले सुनाए ।

कार्यक्रममा राष्ट्रियसभा पूर्वसांसद् वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले एकेडेमीको भव्य सफलताको शुभकामना व्यक्त गरे । उनले विद्यार्थीलाई सही शिक्षा दिन सकेमात्र देशले मुहार फेर्ने बताए । बिडारीले हालको समयमा अनुशासन र सही ज्ञानले मात्र व्यक्तिको सफलता जोडिने भएकोले हेटौंडा एकेडेमीले स“स्कार र स“स्कृतिसहित शिक्षा दिएर निजी विद्यालयहरुको नमूना पेश गरेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष सुमार्गीले विद्यालयले हरेक कुरामा अब्बल साबित गरेको बताए । उनले नेतृत्व विकास, खेलकुद र सिपयुक्त शिक्षामा विद्यालयले जोड दिएको बताए । उनले विद्यालयको हरेक योजनामा अभिभावकले साथ दि“दै आएको बताए । सुमार्गीले निजी विद्यालयले उत्पादन गरेका जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अब्बल रहेको बताए । अध्यक्ष सुमार्गीले नेपाली स“स्कृति, स“स्कार र मौलिकतालाई विद्यालयले मुख्य जोड दिएको बताए । उनले भने–हामी अंग्रेजी विद्यालय हौं । तर, यहा“ संस्कृत पनि पढाइ हुन्छ । सुमार्गीले मोफसलमा नेपालको उत्कृष्ट विद्यालय बनाउने गरी आगामी दिनमा थप शैक्षिक योजना ल्याउन लागेको जानकारी दिए ।

कार्यक्रममा काठमाडौंको नमूना विद्यालय लर्निङ रेलम इन्टरनेसनल स्कुल (एलआरआई) का संस्थापक एवम् शिक्षाविद् शिवराज पन्तले राजधानीबाट टाढा रहे पनि हेटांैडा एकेडेमीले गरेको प्रगतिबाट आफूलाई खुबी लागेको बताए । उनले विद्यार्थीको क्षमताको कदर हुनुपर्ने बताउ“दै प्रदर्शनीमा राखिएको कला र क्षमताबाट आफू प्रभावित भएको बताए ।
कार्यक्रममा एकेडेमीका प्राचार्य धिरज क्षत्री बोगटीले बिद्यालयको बार्षिक प्रगती प्रतिवेदन पेश गरेका थिए । त्यसैगरी एकेडेमीका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले विद्यालयमा शैक्षिक विकासको लागि गुणस्तरमा ध्यान दिएको बताए । उनले बिद्यार्थी,अभिभावक र शिक्षकको मेहनतले नै आज हरेक क्षेत्रमा बिद्यालयले सफलता प्राप्त गर्दै गइरहेको बताए ।

कार्यक्रममा विद्यार्थीहरुले स्वस्तिवाचन, एनसीसीको क्याडेट प्रदर्शनी र अतिथिहरुलाई आआफ्‌नो तर्फबाट स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीतसंगीत, पेशागत् प्रदर्शनी, विज्ञान प्रदर्शनी, हस्तकला, चित्रकला एवम् पाकशाला प्रदर्शनी गरेका थिए । कार्यक्रममा विद्यालयमा वर्षभर विविध विधामा उत्कृष्ट काम गर्ने शिक्षक एवम् कर्मचारीलाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगर वडा नम्बर–१ का अध्यक्ष एवम् नगर प्रवक्ता सबिन न्यौपाने, वडा नम्बर–११ की अध्यक्ष जुना दाहाल, मकवानपुर जिल्ला प्रहरी प्रमुख विश्वराज खड्का, सशस्त्र प्रहरी बल मकवानपुर प्रमुख ज्ञानप्रसाद भुर्तेल, लर्निङ रेलम इन्टरनेसनल स्कुल (एलआरआई) की फाउण्डर यशोधरा पन्त, एकेडेमीकी बोर्ड सदस्य अंकिता सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोदसिंह रानाभाटलगायत शिक्षाप्रेमी, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here