हेटौंडा/हेटौंडा–११, स्मारकरोडमा रहेको हेटौंडा एकेडेमीले शुक्रबार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । विद्यालयमै विशेष कार्यक्रमबीच २६ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउन लागिएको विद्यालयले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो ।
बृहत् सा“स्कृतिक प्रदर्शनी, विज्ञान तथा प्रविधि प्रदर्शनी, हस्तकला, चित्रकला, पुस्तक मेला र खेलकुदका सामानको प्रदर्शनी एवम् खाना महोत्सवसहित वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउन लागिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष अरुणराज सुमार्गीले जानकारी दिए । बागमती विश्वविद्यालय अध्यक्ष प्राडा चन्द्रमणि पौडेल कार्यक्रमको प्रमुख अतिथिका रुपमा आउनेछन् ।
विद्यालयका परिकल्पनाकार एवम् संस्थापक अध्यक्षसमेत रहेका बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतको कार्यक्रममा सहभागिता रहने आयोजकले जनाएको छ । ॅधर्म, स“स्कृति, कला, साहित्य र प्रविधिलाई एकीकृत गरी विश्वपरिवेश सुहाउ“दो शिक्षा दि“दै आइरहेका छौं,’ अध्यक्ष सुमार्गीले भने–मंसिरदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) स“ग आबद्ध भइ एकेडेमीसमेत सञ्चालन गरिरहेका छौं । यसस“गै राष्ट्रिय सेवा दल र नेपाल स्काउटलगायत कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं । शिक्षास“गै खेलकुद भन्ने नारासहित क्रिकेट र फुटबल प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको उनले जानकारी दिए । हेटौंडा एकेडेमीमा हाल ७ सय २ विद्यार्थी छन् ।
सिद्धार्थ वनस्थली स्कुलमा लामो समय अध्यापन गरी आधुनिक शिक्षा प्रणाली सुधारका लागि काठमाडौंको एलआरआई स्थापना गरेका संस्थापक प्राचार्य शिवराज पन्त, चितवन मेडिकल कलेज भरतपुरका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेलगायत विशिष्ट अतिथिका रुपमा सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समिति सदस्य अंकिता सुमार्गी, विद्यालय प्रमुख अधिकृत रमेश रिमाल, प्रिन्सिपल धिरज क्षेत्रीबोगटी, मावि इञ्चार्ज अर्चना उप्रेती, परीक्षा विभाग प्रमुख समिर ढकाललगायतको उपस्थिति थियो ।