हेटौंडा/हेटौंडा–१४ मा युनिक बक्सिङ क्लब भवन शिलान्यास गरिएको छ । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले भवन शिलान्यास गरेका हुन् ।
उक्त अवसरमा मन्त्री महर्जनले बागमती प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरु र सम्पत्तिका विषयमा आफूले अध्ययन गरिरहेको बताए । उनले भने–हामीले सबै जिल्लाका पूर्वाधार खोजिगरिरहेका छौं र ती कस्तो अवस्थामा छन्, जानकारी लिने काम शुरु गरेका छौं । उनले जिल्ला जिल्लामा रहेका खेलकुदका भौतिक सम्पत्तिलाई खेलाडी र युवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको बताए ।
मन्त्री महर्जनले खेलाडीहरुका लागि छात्रावास र मार्सल आर्टकोे सुबिधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताए । गौरीटार रंगशालाभित्र निर्माण भएका पूर्वाधारको उचित उपयोग हुन नसकेकोप्रति मन्त्री महर्जनले इंगित गर्दै भने–यहा“का खेल पूर्वाधारहरु मनोमानीढंगले चलेका छन् । यो खेलाडी उत्पादन गर्ने ठाउ“ हो न कि धनी व्यक्तिहरुले भु“डी घटाउने ठाउ“ ।
विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकुद रहे पनि हाल खेलकुद मन्त्रालय छुट्टै भएकाले खेलक्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने मन्त्री महर्जनले प्रतिवद्धता व्यक्त गरे । उनले खेलकुदस“गै युवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थितरुपमा अघि बढाउने बताए । हेटौंडा उपमहानगरपालिकाको २५ लाख लागतमा युनिक बक्सिङ क्लब भवन आगामी तीन महिनाभित्र निर्माण गरिसकिने प्रदेश खेलकुद परिषद् सदस्यसचिव दीपक लामाले बताए । उनले भने–युनिक बक्सिङ क्लब भवन शिलान्यास हुनु हाम्रा लागि खुःशीको दिन हो ।