17.3 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडायुवा संघमा रायमाझी निर्विरोध
spot_img

युवा संघमा रायमाझी निर्विरोध

spot_img

हेटौंडा/नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमिटीको अध्यक्षमा सुमन रायमाझी निर्विरोध निर्वाचित भएका छन् । सम्पन्न नगर अधिवेशनले रायमाझीको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत् निर्वाचित गरेको निर्वाचनमण्डल अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिइन् ।

कमिटी उपाध्यक्षमा प्रवीण घलान, सचिवमा धनबहादुर गोले, उपसचिवद्वयमा सुशान कार्की, यर्साङ बल र कोषाध्यक्षमा रोजन बस्नेत निर्विरोध भए । कमिटी सदस्यहरुमा रेशिम प्रधान, विष्णुबहादुर गोले, सञ्जीव श्रेष्ठ, विराज थापा, संग्राम कार्की, सुरेन्द्र बर्तौला, सुमन गोले, सुवास पाख्रिन, मीनबहादुर पाख्रिन, नवराज बिडारी, पुष्कल थापामगर, सुमन गर्तौला, विवश थिङ, देवेन्द्र घलान, दीपक थिङ, प्रशान्त बस्नेत, अनिल श्रेष्ठ, मनोज गमाल, अमिर गोपाली, सुमन गोले, शक्तिमान गोले, बुद्ध स्यांतान र सुकराम बल निर्विरोध भए । साइबर सर्कल प्रमुखमा सुरज केसी र प्रचार विभाग प्रमुखमा विराजन बस्नेत निर्विरोध भए ।

- Advertisement - Ad Banner

अधिवेशन आयोजक कमिटी संयोजक देवेन्द्र थोकरको सभाध्यक्षता र राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज प्रतिमा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा युवा संघ केन्द्रीय सदस्य राजन थोकर, प्रदेश सदस्य तथा थाहा इञ्चार्ज सुरेश रुम्बा, जिल्ला अध्यक्ष राजेश नगरकोटी, युवा संघ केन्द्रीय निर्वाचन आयोग सदस्य रुपेश श्रेष्ठ, केन्द्रीय लेखा आयोग सदस्य सुनिल खत्री, एमाले प्रदेश सदस्य बरिना बल, पूर्वप्रदेश सदस्यहरु श्यामभक्त श्रेष्ठ, बुद्धरत्न मानन्धर, जिल्ला सदस्यहरु शशिधर सुबेदी, बिमलकुमार ढकाल, हरि गोपाली, सुनिता दोङ, तुलसा बिष्ट, पार्टी नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, उपाध्यक्ष हेमकुमार थिङ, सचिव सुजनकुमार रायमाझी, पूर्वजिल्ला सदस्य शिवराम थापा, नगर कमिटीका सदस्यहरु, जनवर्गीय संगठनका अध्यक्षहरुलगायतको आतिथ्यता थियो ।

अधिवेशनमा प्रमुख अतिथि प्रतिमा श्रेष्ठ, विशिष्ट अतिथिहरु बरिना बल, सुरेश रुम्बा, राजेश नगरकोटी, शशिधर सुबेदी, बिमलकुमार ढकाल, सुरेन्द्रमान प्रधान, हेमकुमार थिङ, सुजनकुमार रायमाझी र देवेन्द्र थोकरले युवा संघको आवश्यकता औंल्याए । नवनिर्वाचित कमिटीलाई प्रमुख अतिथि श्रेष्ठले पद तथा गोपनियताको शपथ गराइन् ।

आर्थिक सहयोग
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमिटीले अधिवेशनकै दिन बिरामीलाई आर्थिक सहयोग गरेको छ । नगर अधिवेशनको अवसरमा थाहा–७ का मृगौला रोगपीडित जुनु तमाङलाई १७ हजार ७ सय ७० रुपिया“ आर्थिक सहयोग गरिएको नवनिर्वाचित अध्यक्ष रायमाझीले जानकारी दिए । अध्यक्ष रायमाझीले अधिवेशनमा संकलन गरी पीडित तमाङका भिनाजु शरण मोक्तानलाई बुझाइएको हो । पीडित तमाङलाई थप सहयोग गर्न युवा संघले अपिल गरेको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि