27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडापुल भाँच्ने शिवम्‌लाई ८६ लाख जरिवाना

पुल भाँच्ने शिवम्‌लाई ८६ लाख जरिवाना

हेटौंडा/पूर्वपश्चिम राजमार्गअन्तर्गत् नवलपुरको बुटवल–नारायणगढ सडकखण्डमा पर्ने विनयी खोलाको पुल भाँचिने गरी सामग्री ल्याउने हेटौंडाको शिवम् सिमेन्टलाई सरकारले ८६ लाख जरिवाना तिराएको छ । एनएल ०१ एएच ५१७९ नम्बर भारतीय हेभी ट्रकमा क्षमताभन्दा बढी भार बोकाएर सामग्री ल्याएका कारण पुल भाँचिएको भन्दै सरकारले क्षतिपूर्ति तिराएको हो । सडक डिभिजन भरतपुरका सिनियर डिभिजन इञ्जिनियर नारायणप्रसाद लामिछानेले शिवम् सिमेन्टले नेपाल लाइन्स प्रालिमार्फत् ८६ लाख सडक डिभिजन भरतपुरको खातामा जम्मा गरेको जानकारी दिए । पुस २६ गते गह्रौं भारसहितको ट्रक पार गर्ने क्रममा पुल भाँचिएको थियो, जसका कारण मुख्य राजमार्गमा लामो समयसम्म यात्रुले सास्ती पाएका थिए ।

पुल भाँचिएपछि अध्ययन गर्न सडक विभागले पुल महाशाखाका उपमहानिर्देशक ललिजंग खनालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले गरेको अनुसन्धानबाट पुल मर्मत गर्न ८६ लाख खर्च लाग्ने भएपछि सोहीअनुसार क्षतिपूर्ति भराइएको सडक डिभिजन भरतपुरका इञ्जिनियर आशीष नेपालले जानकारी दिए । क्षतिपूर्ति तिरेसँगै अबदेखि पुलले थेग्नसक्ने भारमात्र बोक्न निर्देशन दिएर उक्त भारतीय ट्रकलाई छाडिएको उनले बताए ।

उक्त रकमले तत्काल मर्मत गरेर गाडी चलाउन सकिने भएकाले शिवम् सिमेन्ट सस्तोमा परेको छानबिन समिति संयोजक पुल महाशाखाका उपमहानिर्देशक खनालको भनाइ छ । सडक विस्तारको क्रममा रहेको र नयाँ पुल पनि बन्दै गरेकाले धेरै क्षतिपूर्ति नतिराइएको उनले बताए । उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत् पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको थियो । विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने खोलामा पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सीजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी बैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here