27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासम्बन्धित डाक्टरसँग सीधै भेट्न सकिने

सम्बन्धित डाक्टरसँग सीधै भेट्न सकिने

हेटौंडा/मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्तालले दैनिकरुपमा ओपीडी टिकट दर्ता गर्नुपर्ने व्यवस्था हटाएको छ । दिनदिनै टिकट दर्ता गर्नुपर्ने व्यवस्थाका कारण हैरानी खेपेका बिमाअन्तर्गत्‌का बिरामीको गुनासोलाई अस्पताल प्रशासनले सम्बोधन गरेको हो ।

अबदेखि १ पटक ओपीडीको टिकट लिएपछि एक सातासम्म दर्ता नगरी फलोअप गर्न सकिने व्यवस्था गरिएको अस्पतालबाट जारी सूचनामा उल्लेख छ । उक्त व्यवस्था माघ २९ गतेदेखि नै लागु हुने सूचनामा जनाइएको छ । दर्ता भएको मितिले ७ दिनसम्म पुनः दर्ताका लागि लाइन नबसी सेवाहरुको विलिङका साथै फार्मेसीबाट औषधि समेत लिने व्यवस्था मिलाइएको अस्पताल सञ्चालक समिति सदस्य उत्सव चौलागाईंले जानकारी दिए । यस्तो व्यवस्थाबमोजिम ओपीडी जाँच गराएको ७ दिनभित्र सम्बन्धित विभागको डाक्टरसँग सीधै भेट्न सकिनेछ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here