27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडापदमपोखरीमा पहिलो साँस्कृतिक महोत्सव

पदमपोखरीमा पहिलो साँस्कृतिक महोत्सव

हेटौंडा/हेटौंडा–१३ वडा कार्यालयको आयोजनामा प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव हुने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत् फागुन ४, ५ र ६ गते पदमपोखरीको लोकतान्त्रिकचोकमा महोत्सव हुने जानकारी दिइएको हो ।

स्थानीय व्यापार, कृषिउपज उत्पादन प्रवद्र्धनसँगै वडाबासीको आर्थिक स्थितिलाई उकास्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको पदमपोखरी महोत्सव आयोजक मूल समारोह समिति संयोजक रञ्जु गोम्जाले जानकारी दिइन् । महोत्सवले पदमपोखरीको पहिचानसँगै आन्तरिक पर्यटनलाई टेवा र कला, साहित्य, सँस्कार जगेर्ना गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

नेपाली राष्ट्रिय मौलिकता झल्कने गरी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय परम्परागत् उपभोग्य कृषिउपज मकैको खोस्टाबाट बनेका चकटी, बाबियो/बाँसजन्य सामग्री मान्द्रो, नाङ्लो र परालबाट बनेको गुन्द्री, काठजन्य सामग्री, कृषिजन्य उत्पादन तरकारी, फलफूल, मकै, कोदो, फापर, गहुँ र चामलको पिठो महोत्सवको आकर्षण रहेको उनले जानकारी दिइन् ।

खानाका विभिन्न परिकारसहित ८० वटा स्टलहरु रहने बताइएको छ । वडाको ४ लाख, उपमहानगरपालिकाको २ लाख र बागमती प्रदेश सँस्कृति तथा पर्यटन मन्त्रालयबाट १ लाख गरी ७ लाख सहयोगमा महोत्सव आयोजना गर्न लागिएको संयोजक गोम्जाले जानकारी दिइन् । महोत्सवमा रोज मोक्तान, प्रीति आले, प्रकाश तितुङ, विक्रम लुङ्बा, धीरेन लामालगायत कलाकारहरुको सांगीतिक प्रस्तुति रहने जनाएको छ । पत्रकार सम्मेलनमा वडा अध्यक्ष पेम्बा लामालगायतको उपस्थिति थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here