27.9 C
Makwānpur
Homeमकवानपुर विशेषबागमतीसञ्चारमाध्यम प्रजातन्त्रको ठूलो सम्पत्ति

सञ्चारमाध्यम प्रजातन्त्रको ठूलो सम्पत्ति

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले सञ्चारमाध्यमको वृत्तिविकासका लागि प्रदेश सरकार सदैंव तयार रहेको बताएका छन् ।

रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सव तथा रेडियो सञ्चालक संस्था दिव्यतारा बहुउद्धेश्यीय सहकारीको २७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम समापन तथा सामुदायिक सम्मान कार्यक्रममा मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् ।

मुलुकको परिवर्तनका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका र योगदान रहेको भन्दै उनले सञ्चारमाध्यम नै प्रजातन्त्रको ठूलो सम्पत्ति भएको उल्लेख गरे । पछिल्लो समय नेपालमा सञ्चारमाध्यमले धेरै फड्को मारेको उनले बताए । सञ्चारमाध्यमले दिने सूचना सत्य–तथ्य र विश्वसनीय हुनुपर्ने सुझाव उनले दिए । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलानले भुगोल र बजारअनुसार मिडिया हुनु जरुरी रहेको औंल्याए । पछिल्लो समय सञ्चारमाध्यमको दर्ता र सञ्चालन बढ्दो क्रममा रहेको भन्दै उनले यस विषयमा सोच्नुपर्ने बेला आएको बताए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले समाचार लेखेकै कारण कुनै पत्रकार तथा सञ्चारमाध्यम डरत्रासमा बस्नुनपर्ने बताए । पत्रकारसहित आम सर्वसाधारणलाई शान्तिसुरक्षा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय सदैंव तयार रहने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको हो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here