31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासामरीको सरङपुर पुललाई १३ करोडको सहमति

सामरीको सरङपुर पुललाई १३ करोडको सहमति

हेटौंडा/मकवानपुरगढी गाउँपालिकाको सरङपुर तल्लोछाप पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट १३ करोड २ लाख १२ हजारबराबरको बहुवर्षीय स्रोतसहमति प्राप्त भएको छ ।

सत्तारुढ दलका मुख्य सचेतक महेशकुमार बर्तौलाको पहलमा सामरी खोलास्थित सरङपुर तल्लोछापमा पक्की पुल बन्ने सुनिश्चित भएको हो । बर्तौलाका स्वकीय सचिव आशीष अस्लामीले बताएअनुसार चालु आवमा संघीय सहरी विकास मन्त्रालयबाट उक्त पुल निर्माणका लागि ८५ लाख बजेट विनियोजन भएको थियो ।

उनले भने–बिनियोजित बजेटले पुल निर्माण प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बहुवर्षीय स्रोतसहमति लिनुपर्ने थियो । माननीयज्युले माननीय अर्थमन्त्रीज्युसँग समन्वय गरी फिल्डको आवश्यकताबारे बताउनु भइ स्रोतसहमति प्राप्त भएको हो । अब छिटै स्थानीय पूर्वाधार विकास कार्यालय हेटौंडामार्फत् ठेक्का आह्‌वान हुनेछ ।

उक्त पुलको अध्ययन तथा डीपीआर निर्माण मकवानपुरगढीका पूर्वअध्यक्ष विदुर हुमागाईंको पालामा भएको थियो । पूर्वअध्यक्ष हुमागार्इंका अनुसार उक्त पुल बासुदेव राजमार्ग र गैरी भञ्ज्याङ–सुकौरा हुँदै कान्ति लोकपथ जोड्नका लागि हो । यसको निर्माणपश्चात् हेटौंडासहित साबिक मकवानपुरगढी, आमभञ्ज्याङ, सुकौरा, बुढीचौर लगायतका मानिस र हेटौंडा–काठमाडौं यात्रा गर्ने यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । कृषिउपजलाई बजारीकरण गर्न र विद्यालय आवतजावत गर्ने विद्यार्थीहरुलाई ठूलो मद्धत मिल्नेछ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here