31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा नवसर्जक उत्सव

हेटौंडामा नवसर्जक उत्सव

हेटौंडा/हेटौंडामा नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव तथा प्रथम अधिवेशन हुने भएको छ ।

देशभरका युवा, किशोर एवम् हेटौंडा उपमहानगरका विद्यालय तहका बालबालिकाको सहभागतिमा फागुन ९ र १० गते हेटौंडामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव हुने सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो । साहित्य उत्सवमार्फत् प्रदेशको विगतदेखिको पहिचानलाई थप नयाँ उचाईंमा पुर्‍याउने, नवसर्जकहरु उत्पादन गर्ने तथा पठन तथा लेखन सँस्कृति विकास गर्ने प्रमुख उद्धेश्यसाथ उत्सव गर्न लागएिको संस्था संस्थापक दीपक गौतमले बताए ।

कार्यक्रममा २५ वर्षमुनिका नवसर्जक विद्यार्थी, शिक्षक र साहित्यकार गरी करिब ४ सय जनाको उपस्थिति रहने अनुमान छ । उत्सवको पहिलो दिन फागुन ९ गते मुक्तक, गजल, लोकलयका कविता, गद्यकविता, कथा, नाटक, निबन्धलेखन, यात्रा संस्मरण र चित्रकला लेखनलगायत ८ विधामा सिर्जनात्मक लेखन कार्यशाला हुनेछ । उत्सवको दोस्रो दिन फागुन १० गते बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतयिोेगिता तथा रचनावाचन कार्यक्रम हुनेछ ।

उत्सवमा नवसर्जकहरुलाई विभिन्न विधामा र सम्मान र पुरस्कार वितरण गरिनेछ । जसमा राष्ट्रव्यापी नवसर्जक गजल प्रतियोगितामा उत्कृष्ट ३ जनालाई नगद ७ हजार राशिको पुरस्कार, ७ प्रदेशका ७ नवसर्जक प्रतिभालाई ७ हजार ७ सय ७७ रुपियाँ राशिको सम्मान र एक अग्रज बालसाहित्यसर्जक वा अभियन्तालाई १५ हजार ५ सय ५५ नगद राशिको सम्मान दिइने छ ।

हेटौंडामा केन्द्रीय कार्यालय रहेको संस्थाले १ सय ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बालकवि गोष्ठी गरिसकेको छ । उत्सव हेटौंडा–४ वडा कार्यालय तथा भुटनदेवी माध्यमिक विद्यालयको मुख्य आर्थिक व्यवस्थापनमा सम्पन्न हुने भएको छ । नवसर्जक साहित्य चौतारी नेपालले यसअघि २०७७ जेठ २८ मा प्रथम पटक पहिलो राष्ट्रिय बालउत्सव आयोजना गरेको थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here