20 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासहिद सप्ताहमा स्मारकपरिसर सरसफाइ

सहिद सप्ताहमा स्मारकपरिसर सरसफाइ

हेटौंडा/सहिद सप्ताहका अवसरमा शनिबार हेटौंडा–११ स्थित सहिद स्मारकपरिसरमा विशेष सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । सहिद स्मारक विकास समितिले सहिद दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् तेस्रो दिन स्मारकपरिसरमा विशेष सरसफाइ गरिएको हो ।

स्मारक विकास समितिले हरेक माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउ“दै आएको छ । जसअनुसार पहिलो दिन माघ १० गते राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी सप्ताहव्यापी कार्यक्रम शुभारम्भ गरिएको थियो भने दोस्रो दिन पत्रकार भेटघाट तथा बधाई कार्यक्रम गरिएको समिति सचिव रघुनाथ खुलालले जानकारी दिए ।

सचिव खुलालका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् आइतबार माघ १३ गते विहान साढे ७ बजे नेपाल रेडक्रस सोसाइटी हेटौंडा–११ शाखाको व्यवस्थापनमा रक्तदान कार्यक्रम, माघ १४ गते विहान साढे ७ गते लखन बाटिका व्यवस्थापन समितिको व्यवस्थापनमा हेटौंडा–१२ स्थित प्रथम सहिद लखन थापा बाटिकामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने उनले बताए ।

माघ १५ गते मदन भण्डारी फाउण्डेसनको व्यवस्थापनमा नगरस्तरीय बालक्लबहरुको सहभागिमा ॅलोकतन्त्रप्राप्तिका लागि राजनीतिक दलको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता र शिक्षक संगठनको व्यवस्थापनमा शिक्षक दौड प्रतियोगिता र महिला शिक्षकको स्लो स्कुटर प्रतियोगिता आयोजना हुने सचिव खुलालले बताए । माघ १६ गते विहान साढे ७ बजे बागमती प्रदेश सरकारको समन्वयमा प्रभातफेरी, सहिदप्रति सलामी, पुष्पार्पण, श्रद्धाञ्जलीसभा र सम्मान कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम समापन गरिने सचिव खुलालले बताए । सरसफाइ कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य गोपालबहादुर श्रेष्ठ, हेटौंडा सिमेन्ट उद्योग अध्यक्ष नरेन्द्र भण्डारीलगायतको सहभागिता थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here