27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडादुर्व्यसनमा फसेका युवालक्षित कार्यक्रम

दुर्व्यसनमा फसेका युवालक्षित कार्यक्रम

हेटौंडा/उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले लागुऔषध दुर्व्यसनमा फसेका युवालाई लक्षित गरी सिपमूलक कार्यक्रम सञ्चालन गरेको छ । लागुऔषध दुर्व्यसनमा फसेर युवालाई सिपमूलक तालिम दिएर सही बाटोमा ल्याउने उद्धेश्यले विभिन्न सिपमूलक कार्यक्रम सञ्चालन गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुर प्रमुख रामप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार लागुऔषध दुर्व्यसनमा लागेर हेटौंडास्थित सुधारगृहमा रहेका ९० युवालाई लक्षित गरेर सुधारगृहभित्र मौरीपालन, पेन्टिङ, कफी बनाउनेलगायत तालिम सञ्चालन गरिएको छ । मकवानपुरको राक्सिराङ, मनहरी, कैलाश, बकैया र मकवानपुरगढीमा विद्यार्थीलाई लक्षित गरी उपभोक्ता सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको प्रमुख भुसालले बताए ।

कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिना अवधिमा डेढ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । उद्योग तथा वाणिज्यतर्फ नयाँ दर्ता, नवीकरण, नामसारी, पुँजीवृद्धि, खारेजी, ठाउँसारीलगायत शीर्षकबाट एक करोड ५० लाख ८४ हजार राजस्व संकलन भएको कार्यालय प्रमुखले बताए । दुई सय २१ नयाँ उद्योग, एक सय ४५ नयाँ वाणिज्य दर्ता भएको छ भने उद्योग र वाणिज्यतर्फका दुई सय ६७ उद्योग व्यवसाय खारेजी भएको प्रमुख भुुसालले जानकारी दिए । उनका अनुसार चालु आवको छ महिना अवधिमा जिल्लाका विभिन्न स्थानमा रहेका ८६ उद्योग व्यवसायमा अनुगमन गरी एक लाख ३५ हजार जरिवान राजस्व संकलन भएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here