19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडास्वीट्जरल्याण्ड पुग्ने गरी हेटौंडामा दबाब र्‍याली

स्वीट्जरल्याण्ड पुग्ने गरी हेटौंडामा दबाब र्‍याली

हेटौंडा/गैरसरकारी संस्था महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा हेटौंडामा खबरदारी र्‍याली भएको छ । जनवरी २० देखि २४ सम्म स्वीट्जरल्याण्डको डाभोसमा भइरहेको ४० भन्दा बढी विकसित राष्ट्रहरु संलग्न विश्व आर्थिक मञ्चको ५५ औं वार्षिक सम्मेलनमा गरिब तथा विकासोन्मुख राष्ट्रहरुको न्यायको पक्षमा पनि ध्यान पुर्‍याउन दबाब दिन र्‍याली गरिएको गैसस महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष कमलकुमार बिश्वकर्माले बताए ।

विकसित राष्ट्रका गतिविधिका कारण निम्तिएको विनास र जलवायु परिवर्तनका कारण विकासशील राष्ट्रहरुमा परेको असरको न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, मजदुरहरुलाई आधारभुत आवश्यकता पूरा गर्ने ज्यालाको व्यवस्था गर्नुपर्ने, जलवायु संकट समाधान गर्नुपर्ने, युद्ध र सैनिकीकरणमा हैन समावेशी समृद्धि र शान्तिका लागि लगानी गर्नुपर्ने, श्रमिकहरुको सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, न्यायपूर्ण सम्पत्तीकर लागु गर्नुपर्ने लगायत माग रहेको बिश्वकर्माले बताएका छन् ।

दबाब र्‍यालीले विभिन्न मागसहित नारा लगाउँदै हेटौंडा बजार परिक्रमा गरी बुद्धचोकमा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा जनजाति महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, राष्ट्रिय अपांग महासंघ, नेपाल पत्रकार महासंघ, मजदुर संगठन, नेपाल बार एसोसिएसनलगायत मानवअधिकारबादी संघसंस्थाको सहभागिता थियो । कार्यक्रमको सञ्चालन गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटाले गरेकी थिइन् ।

विश्व आर्थिक मञ्च स्विट्जरल्यान्डको जेनेभा राज्यको क्यान्टनस्थित कोलोनीमा अवस्थित एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यसको स्थापना २४ जनवरी, १९७१ मा जर्मन इञ्जिनियर क्लाउस स्वाबले गरेका थिए । विश्व आर्थिक मञ्चको वार्षिक बैठक जनवरी अन्त्यमा स्विट्जरल्यान्डको पूर्वी आल्प्स क्षेत्रको एक पर्वतीय रिसोर्ट डाभोसमा हुने गर्दछ । ५ सय सत्रमा विश्वव्यापी मुद्धामा छलफल गर्न लगभग ३ हजार भुक्तानी सदस्य र छानिएका सहभागी जसमध्ये लगानीकर्ता, व्यापारिक नेता, राजनीतिक नेता, अर्थशास्त्री, सेलिब्रेटी र पत्रकार भेला हुन्छन् ।

डाभोसबाहेक संगठनले क्षेत्रीय सम्मेलन आयोजना गर्दछ । यसले रिपोर्टहरुको एक शृंखला उत्पादन गर्दछ, यसको सदस्यहरुलाई क्षेत्र–विशिष्ट पहलमा संलग्न गर्दछ र चयन गरिएका स्टेकहोल्डर समूहका नेताहरुलाई परियोजनाहरु र पहलहरुमा सहयोग गर्न एक प्लेटफर्म प्रदान गर्दछ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here