हेटौडा/सबडिभिजन वन कार्यालय हेटौंडाको आयोजनामा वनव्यवस्थापनबारे १ दिने फिल्ड अभ्यास तालिम आयोजना गरिएको छ । हेटौंडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वनक्षेत्रमा फिल्ड अभ्यास तालिम आयोजना गरिएको हो ।
सामुदायिक वनमा गरिने वनव्यवस्थापन, थिनिङ, झाडीसफाइलगायतबारे जानकारी दिने उद्वेश्यले तालिम आयोजना गरिएको सबडिभिजन वन कार्यालय हेटौंडाकी वन अधिकृत सबिना रिजालले बताइन् । तालिममा डिभिजनल वन अधिकृत राकेशप्रसाद चन्द्रवंशी, वन अधिकृत रिजाल, अधिकृत श्रीकृष्ण न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महसंघ हेटौंडा अध्यक्ष शम्भुप्रसाद न्यौपानेलगायतले सहजीकरण गरेका थिए । तालिममा पिप्लेपोखरा, रानी, न्युरेनी–चिसापानी, सुन्दर, वनस्खण्डी र भुटनदेवी सामुदायिक वनका पदाधिकारीको सहभागिता रहेको पिप्लेपोखरा सामुदायिक वन अध्यक्ष रामहरि चौलागार्इंले बताए ।