हेटौंडा/पूर्वपश्चिम सडकखण्डअन्तर्गत् मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–८, सिम्पानीबाट प्रहरीले अवैध लागुऔषध गाँजासहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–४ बस्ने वर्ष २२ का छेटुप थिङ छन् । उनलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा ८१ किलोसहित पक्राउ गरेको मकवानपुर प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार राक्सिराङको चैनपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र. ०६–००१ च ६२ नम्बर बोलेरोलाई शंका लागेर चेक गर्दा उक्त परिणामको गाँजा बरामद भएपछि गाडीचालकलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि लागुऔषध गाँजा मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।