हेटौंडा/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सही सूचनाबाट सुशासनको परिकल्पना गर्न सकिने बताएका छन् । सत्यतथ्य सूचना सम्प्रेषण हुँदामात्र नागरिकमा सुशासनको प्रत्याभूति गर्न सक्ने उनले बताए ।
प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशको आयोजनामा मंगलबार हेटौंडामा भएको सूचनाको हक प्रवद्र्धनसम्बन्धि अन्तत्र्रिmयामा मन्त्री लामिछानले विभिन्न बहानामा सूचना नदिनु निरंकुशता भएको जिकिर गरे । उनले संघीयता कार्यान्वयनपश्चात् प्रादेशिक तहमा सूचनाको हकसम्बन्धि व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । राष्ट्रिय सूचना आयोगलाई मात्र नभइ पुनरावेदन समितिलाई पनि जिम्मेवाररुपमा अघि बढाउनुपर्नेमा बताएका उनले आवश्यक भौतिक संरचना व्यवस्था गरी समितिलाई सुदृढ बनाउन प्रदेश सरकार तत्पर रहेको बताए ।
मन्त्री लामिछानेले निष्पक्ष र पारदर्शी सूचनाले लोकतन्त्रलाई बलियो बनाउने बताए । लोकतन्त्रको बलियो आधार पारदर्शी र सुशासन रहेकाले उक्त विषयमा सूचनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । मन्त्री लामिछानेले सूचनाले अक्सिजनको रुपमा काम गर्ने उल्लेख गरे । पछिल्लो समय सूचनाको दुरुपयोग गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै मन्त्री लामिछानेले नागरिकको प्रत्यक्ष सरोकारका विषय जोडिएको सूचनाप्रवाह गरी सुसूचित गर्नुपर्ने बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी उपसचिव मनुका घिमिरेले सूचनाको हक र सूचना अधिकारीसम्बन्धि कानुनी व्यवस्थासम्बन्धि प्रस्तुतिकरण राखिन् भने प्रदेश सूचना पुनरावेदन समिति अध्यक्ष हरि अधिकारीले समितिको भूमिकाबारे जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुले सूचना माग गर्दा सरकारी निकायबाट समयमा सूचना पाइने नगरेको गुनासो गरेका थिए । कार्यक्रममा प्रदेशस्थित मन्त्रालयका सूचना अधिकारी, मकवानपुरका स्थानीय तहका सूचना अधिकारी, हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका वडासचिव, सूचनाका हकका क्षेत्रमा काम गर्ने अधिकारकर्मी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।