हेटौंडा/हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले डिजिटल मार्केटिङसम्बन्धि ५ दिवसीय कार्यशाला शुरु गरेको छ । शनिबारसम्म सञ्चालन हुने कार्यशालामा १ सय बढी विद्यार्थीको सहभागिता छ ।
क्याम्पसले स्नातक तहमा अध्ययरत् बीबीए र बीबीएम छैठौ सेमेस्टरका विद्यार्थीका लागि कार्यशाला आयोजना गरिएको क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले जानकारी दिए । डिजिटल प्रविधिको समय भएकाले विद्यार्थीले विभिन्न सामाजिकसञ्जालका माध्यमबाट अनलाइन व्यवसाय सञ्चालन गरिरहेको सन्दर्भमा त्यसलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उद्धेश्यले कार्यशाला गरिएको क्याम्पस प्रमुख सिलवालले बताए ।
सञ्चारप्रविधि विकासले घरबाट व्यवसाय सञ्चालन गर्न सकिने सम्भावनाका विषयमा पनि विद्यार्थीलाई जानकारी दिने गरी कार्यशाला गरिएको उनको भनाइ छ । कार्यशाला उद्घाटन कार्यक्रम मकवानपुर क्याम्पसको बीबीए र बीबीएम कार्यक्रम निर्देशक मधुकुमार सिंहको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा भएको थियो । कार्यशालामा क्याम्पस प्रमुख सिलवाल, सहायक प्रमुख संगम चौलागाई, उत्तम अर्यालको आतिथ्यता थियो ।