20 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा११ किलो गाँजासहित २ जना पक्राउ

११ किलो गाँजासहित २ जना पक्राउ

हेटौंडा/मकवानपुर प्रहरीले ११ किलो अवैध लागुऔषध गाँजासहित २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका–१ का ४२ वर्षका सुरेशदास थारु र पर्साकै पर्सागढी नगरपालिका–२ का २९ वर्षका अर्जुन महतोथारु छन् ।

नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको लु. १ ख ७३९५ नम्बर बस चेकिङका क्रममा उनीहरु गाँजासहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय नेवारपानीले पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१९ मा चेकिङका क्रममा ११ किलो गाँजासहित २ जनालाई पक्रेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शंकाका आधारमा उनीहरुको झोला खानतलासी गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिन म्याद थप गरेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here