27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाटोविसका पदाधिकारीलाई कानुन शिक्षा

टोविसका पदाधिकारीलाई कानुन शिक्षा

हेटौंडा/टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा हेटौंडा–१२ र १३ वडामा रहेका टोलविकास संस्था एवम् अन्य संघसंस्थाका पदाधिकारी एवम् सदस्यहरुका लागि समुदायस्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम भएको छ ।

नगर समन्वय समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानिया“को प्रमुख आतिथ्यता तथा वडा–१३ का अध्यक्ष पेम्बा लामाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समिति सदस्य एवम् नगर समन्वय समितिका सल्लाहकार ज्ञानबहादुर थापा, टोलविकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णु ढुंगाना, मेलमिलाप केन्द्र संयोजक एवम् नगर समन्वय समिति सदस्य यदुवंश खतिवडा, नगर समन्वय समिति सदस्य रामबहादुर बाइवा, नगर समन्वय समिति सदस्य एवम् १३ वडा समन्वय समिति अध्यक्ष बालकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिका कानुन अधिकृत अधिवक्ता सुजन तिमल्सिना, अप्सरा बस्नेत तथा अञ्जिता थापाले सहजीकरण गरेका थिए । कार्यक्रममा हेटौंडा–१२ र १३ वडाका ६० जनाको सहभागिता थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here