हेटौंडा/निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन नेपाल) अन्तर्गत् विद्यालयहरुको कक्षा–१० को प्रिबोर्ड परीक्षा माघ ६ गतेदेखि देशभर हुने भएको छ । माघ ६ गतेदेखि हुने परीक्षालाई मर्यादित र व्यवस्थित गर्न थाहा नगर प्याव्सनले माघ २ गते बैठक राखी विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले थाहानगर हिमालयन इङ्ग्लिस सेकेन्डरी बोडिङ स्कुल, पालुङ भ्यालीहार्ट एकेडेमी, पालुङ अंग्रेजी आवासीय विद्यालय र पालुङ मोडर्न इङ्ग्लिस मिडियम स्कुलका ८० विद्यार्थीका लागि पालुङ क्याम्पस केन्द्र तोकेको छ ।
बज्रबाराहीस्थित इअन इङ्ग्लिस एकेडेमी र सरस्वती विद्या मन्दिरका ५१ विद्यार्थीका लागि बज्रबाराही मावि केन्द्र तोकेको प्याव्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिए । परीक्षा माघ ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।