हेटौंडा/हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा बलमैत्री वडा घोषणा भएको छ । हेटौंडा उपमहानगर पालिका नगर प्रमुख मीनाकुमारी लामाले वडालाई बालमैत्री घोषणा गरेकी हुन् ।
१२ नम्बर वडा अध्यक्ष अर्जुन तिवारीको सभाध्यक्षतामा भएको बालमैत्री घोषणा कार्यक्रममा नगर प्रमुख लामाको प्रमुख आतिथ्यता थियोे । वडाले ५१ वटा सूचक पार गरेकाले बालमैत्री वडा घोषणा गरिएको बालमैत्री नगर सहजकर्ता सपना ढुंगानाले जानकारी दिइन् ।