31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामाघे संक्रान्तीमा तरुलको कारोबार बढ्यो

माघे संक्रान्तीमा तरुलको कारोबार बढ्यो

हेटौंडा/माघे संक्रान्तिका अवसरमा हेटौंडा बजारमा तरुलको कारोबार निकै बढेको छ । हेटौंडाको खोपेगल्लीलगायतका तरकारी बजारमा पाइने तरुल पनि थरीथरीका छन् । पाँचऔंले, सिंगाने पिंडालु, दुधे पिंडालु, रातो र सेतो घर तरुल, लालबन्दीको तरुल अर्थात् देशी तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पताले तरुल, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल ।

हेटौंडामा मकवानपुरको गाउंगाउंबाट र तराइका जिल्ला हरुबाटसमेत तरुल र पिडालु भित्रिने गरेको
छ । हेटौंडाको मुख्य तरकारी बजार खोपेगल्ली र हेटौंडा १ चौकिटोलमा रहेको तरकारी मण्डीमा तरुलको जातअनुसारको फरक–फरक मूल्य भएको पाईन्छ ।

सबैभन्दा महंगो वन तरुल किलोको तीनसय २५० रुपैयाँमा उपभोक्ताहरुले खरिद गरेको हेटौंडा–४ का स्याम सापकोटा बताउँछन् । त्यसैगरी सिमल तरुललाई औषधिको रूपमा लिइन्छ र मधुमेहका बिरामीको लागि उपयुक्त हुन्छ । यो तरुल जमिनमाथि नै फल्छ । सिमल तरुल भारतबाट बढी आयात हुने गरेको व्यापारीहरु बताउँछन् ।

वन तरुल विशेष गरी जंगलमा पाइने भएकाले यसलाई वन तरुल भनिन्छ । हेटौंडामा किलोको एकसयदेखि २५० रुपैयाँसम्म वन तरुलको कारोबार भइरहेको छ । यस्तै घर तरुल किलोको ८० देखि १२० रुपैयाँ पर्छ । पानी तरुल र हात्ती पाईले तरुल धादिङमा बढी उत्पादन हुन्छ । यी तरुल ६० देखि ७० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

यस्तै आकाशे तरुल, पताले तरुल, दुधे तरुल, घर तरुल सर्लाहीमा बढी उत्पादन हुन्छ । यी तरुल पनि ६० देखि ७० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । तरुललाई तरकारीको रूपमा र उसिनेर खाने गरिन्छ । पहिले–पहिले माघे सङ्क्रान्तिलाई लक्षित गरेर मात्र तरुलको उत्पादन हुने गर्थ्यो । तर, अहिले वर्षभरि नै तरुलको उपभोग हुने भएकाले खपत बढ्ने गरेको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here