31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासितोरियो कराँते प्रशिक्षकको अन्त्येष्ठी

सितोरियो कराँते प्रशिक्षकको अन्त्येष्ठी

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नं. ४ निवासी सितोरियो कराँतेका खेलाडी तथा राष्ट्रिय प्रशिक्षक सुरेन्द्रलाल श्रेष्ठको पार्थिक शरिर सोमबार अन्त्येष्ठी गरिएको छ ।

मकवानपुरमा जन्मेर सितो–रियो करातेको खेलबाट बिभिन्न अन्तर्राष्ट्रिय खेलमा पदक हासिल गरेका श्रेष्ठको गत शनिवार चितवनबाट हेटौंडा आउने क्रममा मनहरीमा दुर्घटनाका क्रममा मृत्य भएको थियो ।

५२ बर्षिय कराते प्रशिक्षक श्रेष्ठका सुपुत्रीले हालैमात्र भारतमा आयोजित अन्तर्राष्ट्रिय खेलमा २ वटा बिधामा स्वर्ण पदक हासिल गरेकी थिईन् । हाल राष्ट्रिय खेलकुद परिषद्बाट सितोरियो कराते मध्यमाञ्चल उपनिर्देशकका रुपमा पर्सा जिल्लामा कार्यरत थिए ।

बि.सं. २०४० सालदेखि सितोरियो खेल क्षेत्रमा संलग्न श्रेष्ठले २०५२ सालदेखि कराते प्रशिक्षककापमा काम गर्दै आएका थिए । श्रेष्ठको निधनले सितोरियो करातेको क्षेत्रमा एक कुशल नक्षेत्र गुमाएको र मकवानपुरबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अपुरणीय क्षति पुगेको नेपाल सितोरियो कराते संघ मकवानपुरका अध्यक्ष दिपक लामाले बताए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here