19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडानाबालिकालाई बलात्कार गर्ने युवालाई जन्मकैद

नाबालिकालाई बलात्कार गर्ने युवालाई जन्मकैद

हेटौंडा/छोरी नाता पर्ने बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई जन्मकैद गर्ने फैसला सुनाएको छ । अदालतले युवकलाई सात लाख रुपैया“ जरिवाना र ५ लाख रुपैया“ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको सोमबार बसेको इजलाशले मकवानपुरको बकैया गाउ“पालिका–५ का २८ वर्षीय युवकले १० वर्षीया छोरीलाई पटक/पटक बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । छोरीलाई विगत दुई वर्षदेखि बाबुले बलात्कार गर्दै आएको फैसलामा उल्लेख गरिएको छ ।

छोरीलाई बलात्कार गरेको देखेपछि आमाले २०८० कात्तिक १ गते बाबुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी
दिएकी थिइन् । उनकै उजुरीको आधारमा प्रहरीले युवकलाई
पक्राउ गरी हाडानाता जबर्जस्ती करणीमा अदालतमा मुद्दा दर्ता गर्दै जन्मकैदको माग दाबी गरेको थियो ।

अदालतद्वारा जन्मकैद तोकिएका युवक क्षेत्रीय कारागार भीमफेदीमा थुनामा छन् । फौजदारी ऐन—
अन्तर्गत जन्मकैद भनिएको २५ वर्ष कैद बस्नु पर्ने व्यवस्था
गरिएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here