हेटौंडा/गायक विकास मानन्धरको पहिलो गीत मनको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक विकासकै शब्द र संगीत छ । गीत कोविद बज्रको बज्र क्रिएसन रेकर्डसमा रेकर्ड गरिएको हो । विकासकै युट्यब च्यानल विकास मानन्धरबाट सार्वजनिक गीतको भिडियोमा विकासस“गै सुबास सुनुवार, महेश मानन्धर र मनिष महर्जनको अभिनय छ । भिडियोमा सरोजकुमार चौहानको निर्देशन, छायांकन र सम्पादन, रेनिस फागोको कलर ग्रेडिङ, राकेश दाहालको पब्लिसिटी डिजाइन र शिखा मानन्धरको डिजिटल ग्राफिक डिजाइन छ ।
गायक विकासले गीतले मानव हृदयको चञ्चल र परिवर्तनशील स्वभावलाई आत्मीयरुपमा चित्रण गरेको बताए । ॅगीतमा खुशी, दुःख, उत्साह र निराशाजस्ता भावनाबीच यात्रा र ती सबै भावनालाई सन्तुलनमा ल्याउने प्रक्रियालाई देखाइएको छ,’ उनले भने–भिडियोमार्फत् हामीले आफ्नो दैनिक जीवनको थकानबाट आजित एक व्यक्तिको कथा देखाएका छौं, जसले आफ्ना साथीहरुस“ग पुनर्मिलन गरेर आनन्द र ताजगी अनुभव गर्छ । गीतले मित्रताको सुन्दरता र त्यसबाट आउने नवीन ऊर्जालाई प्रस्तुत गरेको छ ।
हेटांैडा घर भएका विकास हाल अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका छन् । उनको उक्त गीत युट्युब र स्पोटिफाइ, एप्पल म्युजिक, अमेजन, युट्युब म्युजिकजस्ता संगीत प्लेटफर्ममा उपलब्ध छ । विकासका अनुसार गीतको अवधारणा एक दिनमै तयार भएको थियो भने म्युजिक भिडियो दुई दिनभित्र खिचिएको थियो । विकासले गीत युट्युबको अतिरिक्त स्पोटिफाइ, एप्पल म्युजिक, इन्स्टाग्राम, फेसबुक, टिकटक, डीजर, टाइडल, प्यानडोरा, स्न्यापच्याट र रोब्लक्सजस्ता प्लेटफर्ममा उपलब्ध रहेको बताए ।