31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौडा बजारमा प्रर्याप्त सीसी क्यामेरा नहुँदा सुरक्षा चुनौती

हेटौडा बजारमा प्रर्याप्त सीसी क्यामेरा नहुँदा सुरक्षा चुनौती

हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडाको जनघनत्व बढ्दो अवस्थामा छ । सवारी साधनको चाप पनि उत्तिकै बढ्दो छ । बढ्दो सवारी चाप र शहरीकरणका कारण दूर्घटना, चोरी, लुटपाट र विभिन्न अपराधका घटनाहरु बढ्ने चुनौती पनि उत्तिकै रहेको छ ।

त्यस्तो घटना हुँदा खोजबिन गरी सत्यतथ्य पत्ता लगाउनको लागि सार्वजनिक स्थानमा राखिएका
सीसी क्यामेरा निकै प्रभावकारी हुन्छन् । तर, हेटौंडामा प्रर्याप्त मात्रामा सीसी क्यामेरा नहुँदा शान्ति
सुरक्षामा चुनौती बढिरहेको छ ।

हेटौंडाको मुख्य सडक चोक र राजमार्गहरुमा प्रर्याप्त सीसी क्यामेरा नहुँदा र भएका सीसी क्यामेरा पनि बिग्रिएका कारण प्रर्याप्त शान्ति सुरक्षामा चूनौती हुने चिन्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काको भनाइ छ ।

खड्काका अनुसार मकवानपुर जिल्लाभर सार्वजनिक स्थलमा एक सय ५९ वटा सीसी क्यामेरा रहेकोमा त्यसमध्ये ७९ थान सीसी क्यामेरा बिग्रिएर बसेको अवस्था छ । हाल ८० वटा क्यामेरा मात्रै चालु हालतमा छन् ।

शान्ति सुरक्षा लाई थप मजबुत बनाउनका लागि राजमार्ग क्षेत्र र बजार क्षेत्रहरुमा अझै २९ ठाउँमा एएनपिआर सीसी क्यामेरा जडान गरिनुपर्ने प्रहरी
उपरीक्षक खड्का बताउँछन् ।

प्रदेश मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाबाट सीसी क्यामेरा मर्मत र नयाँ जडानको काम गर्ने प्रतिवद्धता भने आएको तर, काम अघि बढ्न नसकेको प्रहरी उपरीक्षक खड्का बताउँछन् । अपराध अनुसन्धान र दूर्घटनाको निष्पक्ष छानविन गर्न र समग्र शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न सीसी क्यामेरा अत्यन्तै आवश्यक रहेको उनको भनाइ छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here