हेटौंडा/बागमती प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालको सरुवा भएको छ । सरकारले उनलाई युवा तथा खेलकुद मन्त्रालय सचिवको जिम्मेवारी दिएको छ ।
लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थ बागमती प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएर आउने भएका छन् । सरकारले एकै पटक १३ सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ सचिवको एकै पटक सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत् सचिव कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने मन्त्रालय सचिव मुकुन्दप्रसाद निरौलाको सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा भएको छ । महालेखा नियन्त्रण कार्यालयमा कार्यरत् सचिव बिनोदप्रकाश सिंहको स“स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ भने मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेको सिंह कार्यरत् रहेको कार्यालयमा सरुवा भएको छ ।