19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडावडा–१२ बालमैत्री घोषणा हुँदै

वडा–१२ बालमैत्री घोषणा हुँदै

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–१२ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नारासाथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष अर्जुनप्रसाद तिवारीले जानकारी दिए । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह संयोजकसमेत रहेका उनले माघ २ गते बुधबार १२ नम्बर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको बताए ।

वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बलबचाऊ, बालसंरक्षण, बालविकास, बालसहभागिता गरी बालअधिकारका चार क्षेत्रको ३६ र संस्थागत् विकासको १५ समेत गरी बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ४७ वटा सूचक सत्‌प्रतिशत् र बाकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम् प्रतिशत् नतिजा हासिल गर्दै गरेको वडा अध्यक्ष तिवारीले बताए ।

हेटौडा उपमहानगरपालिकाका १९ वडामध्ये १२ वडाको कुल क्षेत्रफल १६ दशमलव १४ वर्गकिलोमिटर छ । वडाको पूर्वमा हेटौंडा–९, पश्चिममा मनहरी गाउँपालिका, उत्तरमा राप्तीखोला (वडा–३, ११ र १९), दक्षिणमा हेटौंडा–१३ छ ।

घरधुरी तथ्यांक संकलन सर्वेक्षण, २०७९ अनुसार कुल २ हजार २ सय ३६ घरधुरी रहेको वडामा १८ वर्षमुनिका बालबालिकाको जनसंख्या ३ हजार ७८ छ, जसमा १ हजार ५ सय ७८ बालक र १ हजार ५ सय बालिका छन् । वडामा सामुदायिक र संस्थागत् गरी बालविकास केन्द्रसहित ५ विद्यालयहरु सञ्चालनमा छन् ।

२२ वटा बालसमूहहरु र १ वडास्तरीय बालसमूह सञ्जाल छन् । जसमा ५ सय ५० जना बालबालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत् समितिहरुमा समेत गरी ५ सय ८९ बालबालिकाहरुको प्रत्यक्ष सहभागिता छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here