31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबागमती गोल्डकप फागुनमा

बागमती गोल्डकप फागुनमा

हेटौंडा/सातौ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फागुनमा हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगिता बागमती–४, झुरझुरेस्थित पालिकाको लगानीमा निर्मित शहीद स्मृति रंगशालामा
हुनेछ । यसअघिका संस्करण जनता मावि फापरबारीको खेलमैदानमा भएको थियो । प्रतियोगितामा प्रथम टिमले नगद १० लाख र दोस्रो हुने टिमले ५ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष रहरसिं थिङले जानकारी दिए ।

प्रतियोगितामा ‘ए’ डिभिजनका ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सञ्चालनका लागि ७४ लाख ७३ हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताका सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत् उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजारसहित शिल्ड प्रदान गरिने खेलकुद विकास समिति सदस्यसचिव प्रमोद राईले बताए ।

फुटबल प्रवद्र्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालनमा ल्याउने तयारी गरेको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । छैटौ संस्करणको उपाधि मच्छिन्द्र युथ क्लब काठमाडौले जितेको थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here