31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाथाहा फिल्म फेस्टिभलमा २० फिल्म

थाहा फिल्म फेस्टिभलमा २० फिल्म

हेटौंडा/उत्तरी मकवानपुरमा हुने थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण पुस २८ देखि सुरु हुने भएको छ । फेस्टिभल माघ १ सम्म चल्नेछ । जसमा २० फिल्म प्रदर्शन हुनेछ ।

फेस्टिभल थाहा नगरपालिकास्थित बज्रबाराहीमा हुनेछ । ‘पर्यटनका लागि चलचित्र’ भन्ने नारासहित आयोजना हुँदै आएको फेस्टिभलले फिल्ममार्फत् आन्तरिक पर्यटनलाई जोड्ने आयोजकको लक्ष्य
छ । फेस्टिभलमा सर्टफिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी २० फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । आयोजक संस्था थाहा कलाकेन्द्रका अनुसार फेस्टिभलमा लागि पेस भएका ४६ फिल्ममध्येबाट २० फिल्म छानिएको हो ।

फेस्टिभलमा फिचर फिल्ममा पखेटा, टुल्की, बाटो, लाखे, सतिदेवी र मोदिबेनी परेको छ । सर्टफिल्मतर्फ बेली, अन्तर्वार्ता, द रोप अफ होप, निर्देश, दुई सय रुपियाँ र खिल छन् । डकुमेन्ट्रीतर्फ हिउँ चितुवा र गर्ल्स रिराइटिङ डेस्टिनी छन् । यस वर्ष फेस्टिभलमा नेपाली फिल्मको समीक्षा र विविधताजस्ता समसामयिक विषयमाथि छलफल हुनेछ ।

पर्यटकीय गन्तव्यका रुपमा परिचित र साँस्कृतिकरुपमा पनि धनी थाहा नगरपालिका फिल्म छायांकनका लागि रोजाइमा पर्ने ठाउँ हो । थाहा नगरपालिकाका दर्शकलाई फिल्म देखाउने लक्ष्यसहित आन्तरिक पर्यटन बढाउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको फेस्टिभल संयोजक प्रमोदकृष्ण जोशीले बताए । ॅकाठमाडौं र हेटौंडाजस्ता सहरनजिक रहेर पनि थाहा नगरपालिकामा हालसम्म फिल्म हल छैन । त्यसकारण सहज फिल्म हेर्न नपाउने दर्शकलाई लक्षित गरी फेस्टिभल आयोजना गरिएको हो । उनले भने–फिल्म हेर्ने बहानामा आन्तरिक पर्यटन पनि फष्टाओस् भन्ने हाम्रो उद्धेश्य हो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here