27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाफोनिज मकवानपुरमा वाइबा

फोनिज मकवानपुरमा वाइबा

हेटौंडा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा नवराज वाइबा सर्वसम्मत् चयन भएका छन् । अधिवेशनले वाइबाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । उपाध्यक्षमा सन्देश थिङ, सचिवमा हेटौंडा सन्देशकर्मी मनिता राना, कोषाध्यक्षमा भुवन घलान, सहसचिवमा निशा गुरुङ सर्वसम्मत् चयन भएका छन् । सदस्यमा जमुना थिङ, सम्झना थापामगर, भुपेन्द्र रानामगर, अञ्जना न्यासुर, दिव्यदृष्टि लामा, नवीन चौधरी, रवीन्द्र वाइबा, विवेक सिन्तान सर्वसम्मत् चयन भए ।

फोनिज केन्द्रीय पार्षद्मा कृष्ण सारुमगर, आदर्श थोकर, रञ्जिता दोङ, सुवर्णलाल श्रेष्ठ, उमेश राई सर्वसम्मत् चयन भए । फोनिज प्रदेश पार्षद्मा अशोकसुजन श्रेष्ठ, रुपा गुरुङ, जयराम मुक्तान, सुरेन्द्र थिके, राजकुमार स्याङ्बो, आशीष बल, प्रमोदकुमार राई पनि सर्वसम्मत् भए ।

छैठौं अधिवेशनको अवसरमा अग्रज पत्रकार मोहन संगामीलाई नगद ५ हजारसहित सम्मान गरिएको छ भने नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगरलाई बधाईपत्र प्रदान गरिएको छ । फोनिज मकवानपुरका निवर्तमान अध्यक्ष अशोकसुजन श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा अधिवेशन गरिएको थियो ।

सभामा हेटौंडा उपमहानगर प्रमुख लामाले हेटौंडा बजार क्षेत्रको सडक विस्तारको समस्या छिट्टै हल हुने बताइन् । विगत लामो समयदेखि अवरुद्ध भएको हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विवाद समाधान हुने चरणमा रहेको उनले बताइन् ।

लामाले एसिएन हाइवेअन्तर्गत् हेटौंडा बजार क्षेत्रको राष्ट्रिय राजमार्गको समस्या हल हुने चरणमा रहेको बताइन् । एसियाली विकास बैंकले हेटौंडा बजार क्षेत्रको सडक निर्माणको विषयमा अध्ययन गरिरहेको र उक्त अध्ययनको प्रतिवेदन सरकारलाई बुझाउने तयारी रहेको उनले बताइन् । चैतसम्ममा एडीबीले उक्त प्रतिवेदन सरकारलाई बुझाएर राष्ट्रिय राजमार्गअन्तर्गत् हेटौंडा बजार क्षेत्रको सडक विस्तारको काम अघि बढ्ने उनको भनाइ छ । हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विवादका कारण विकास निर्माणसँगै नागरिकमा पनि समस्या भइरहेको उनले बताइन् ।

हेटौंडा बजार क्षेत्रको सडककिनारमा रहेका जग्गाको मुआब्जा नदिए पनि क्षति भएका भौतिक संरचनाको क्षतिपूर्ति दिएर २५ मिटर सडक निर्माण गर्न उपमहानगरपालिकाले लविङ गरिरहेको उनले बताइन् । उनका अनुसार हेटौंडा उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतासाथ अघि बढाएको छ । उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्धेश्यअनुसार २ वटा नगर अस्पताल सञ्चालनमा ल्याएको मेयर लामाले बताइन् । हेटौंडामा स्नातक तहमा कानुन विषय अध्यापनको व्यवस्था गरिएको र कृषि प्राविधिक तथा इञ्जिनियरिङ विषयको अध्यापन पहल भइरहेको उनले बताइन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here