31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडादुर्घटनामा मृत्यु हुनेको संख्या २

दुर्घटनामा मृत्यु हुनेको संख्या २

हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिकामा स्कर्पियो र कार एकापसमा ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । वडा नम्बर–६, डिपाडस्थित पूर्वपश्चिम सडकखण्मा वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२६ च ५२५० नम्बर स्कर्पियो र चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा. १६ च ८३२४ नम्बर कार एकपसमा ठक्कर खाइ दुर्घटना हुँदा कारचालक हेटौंडा–४ का करिब ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको थियो ।

घाइते १३ मध्ये चितवन राप्ती नगरपालिका वडा नम्बर–२ कि करिब ५० वर्षकी सुनिता श्रेष्ठको उपचारका क्रममा चितवन नयाँ मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते सुरेन्द्रको उपचारका क्रममा चितवनस्थित एलाइभ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते हुनेमा कारमा सवार चितवनको राप्ति नगरपालिका–२, गड्यौली बस्ने बर्ष ५५ का ओमकुमार श्रेष्ठ र २१ वर्षीया सुमिना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कर्पियोमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–२, छपकैया बस्ने २६ वर्षीय पूजादेवी शाह, उनकी छोरी ८ वर्षीया प्रियान्सी, सोही स्थानका २३ वर्षीया सुरदीदेवी, २१ वर्षीया निशाकुमारी शाह, १५ वर्षीय ओमशंकर साह, १९ वर्षीय राजीबकुमार साह, १९ वर्षीया आरतिकुमारी साह, ४ वर्षीया दिव्याकुमारी साह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा रहेको प्रहरीले जनाएको छ । उनीहरुको चितवनस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here