31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाउद्योग वाणिज्य संघमा १,८१६ मतदान

उद्योग वाणिज्य संघमा १,८१६ मतदान

हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा १ हजार ८ सय १६ जनाले मतदान गरेका छन् । शनिबार विहान ९ बजे सुरु भएको मतदानमा कुल २ हजार ६७ मतदातामध्ये १ हजार ८ सय १६ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएको निर्वाचन अधिकृत ईश्वरराज ढकालले जानकारी दिए ।

निर्वाचनमा वाणिज्यतर्फ १ हजार १ सय ५४ जना, उद्योगतर्फ ५ सय ५५, एसोसिएटतर्फ ८१ र बस्तुगत्‌तर्फ २६ जनाले मतदान गरेका छन् । निर्वाचन अधिकृत ढकालका अनुसार मतगणना शुरु भएको छ । तीन वर्ष कार्यकालका लागि संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र उपाध्यक्ष प्रमोदसिं रानाभाट अध्यक्षमा प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।

यसअघि रानाभाट प्यानलबाट ६ जना र अग्रवाल प्यानलबाट एक जना निर्विरोध निर्वाचित भइसकेका छन् । रानाभाट प्यानलबाट उद्योग सचिव रुपकराज दाहाल, एसोसिएट सचिव माधब ज्ञवाली, सदस्यमा हेटौंडा औद्योगिक क्षेत्रका सुकृतराज पराजुली र बहुर्राष्ट्रियबाट विक्रमकुमार सञ्जेल, निलम बजगाईं, मनहरी आरक्षणतर्फ सदस्यमा शंकरप्रसाद कालाखेती निर्विरोध निर्वाचित भएका छन् । अग्रवाल प्यानलबाट वाणिज्यतर्फ महिला आरक्षण कोटामा निलम पाण्डे निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here