19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामहिला आरक्षण सदस्यमा श्रेष्ठको उम्मेद्वारी

महिला आरक्षण सदस्यमा श्रेष्ठको उम्मेद्वारी

हेटौंडा/१२ वर्षदेखि मकवानपुरमा रहेर टेलरिङ व्यवसाय गर्दै आएकी युवा व्यवसायी मेनका श्रेष्ठले मकवानपुर उद्योग वाणिज्य संघको उद्योगतर्फ महिला आरक्षण सदस्यमा उम्मेदवारी दर्ता गरेकी छन् । घरबाटै टेलरिङ व्यावसाय सुरु गरेकी श्रेष्ठले २०६३ देखि विभिन्न संघसंस्थाको सहकार्यमा टेलरिङ तालिम सञ्चालन गर्दै आएकी छन् । उनले २०६९ सालदेखि जयप्रकृति सिलाइ प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी छन् श्रेष्ठले महिला समूहसँग मिलेर खोलिएको हेटौंडा गर्मेण्ट उद्योगको अध्यक्ष भएर गार्मेण्ट उद्योग सञ्चालन गर्दै २५ जनालाई प्रत्यक्ष र थप ७ जनालाई अप्रत्यक्ष रोजगार सिर्जना गरी आर्थिक विकासमा टेवा पुर्‍याउँदै आएकी छन् ।

२०७२ देखि उद्योग वाणिज्य संघ मकवानपुरको सदस्यता लिँदै उद्योग वाणिज्य संघको महिला उद्यमी समितिमा रहेर काम गरिसकेकी श्रेष्ठ विशेषगरि सीटीईभीटीको प्रशिक्षक एवम् परीक्षा निरीक्षक भएर काम गर्दै आएकी छन् । स्काउटलगायत सामाजिक संघसंस्थाहरुको नेतृत्व लिएर काम गरेकी श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश महिला समितिको सहसंयोजक रहँदा विभिन्न कार्य गरेकी थिइन् ।

मकवानपुर उद्योग वाणिज्य संघको अघिल्लो कार्यकालमा थोरै मतले उद्योगतर्फ महिला आरक्षण सदस्यमा उपविजेता भएकी श्रेष्ठले उद्योगी व्यवसायीको हकहितमा काम गर्न पुनः सोही पदमा उम्मेद्वारी दिएकी हुन् । ‘यसपटक मलाई सबै व्यवसायीहरुको माया र साथ रहने अपेक्षा गरेकी छु,; उनले भनिन्‌–व्यवसायीहरुको हौसला र प्रेरणाले उम्मेदवारी दिएकीे छु ।

नेवारी समुदायको संस्था नेवाः गुठी खलः मकवानपुरको जिल्ला उपाध्यक्षको भूमिकामा रहेकी श्रेष्ठले व्यवसायीका पेशागत् सुरक्षा र महिला उद्यमीहरुलाई विशेष तालीम र प्रशिक्षण दिँदै महिलालाई उद्यमी बनाएरआर्थिक समृद्धिमा जोड्न पहल गर्ने बताउँछिन् । अनिल अग्रवालको टिमबाट उम्मेद्वारी दिएकी श्रेष्ठले सबै व्यवसायीलाई अग्रवालको टिमका पक्षमा मतदान गर्न आग्रह गरिन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here