31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाप्रदेश खेलकुद विकास परिषद्का १० सदस्यको सपथ

प्रदेश खेलकुद विकास परिषद्का १० सदस्यको सपथ

हेटौंडा/बागमती प्रदेश खेलकुद विकास परिषद्मा मनोनित १० सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । सदस्य रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नवीना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले सपथ लिएका हुन् । सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङ्वा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोबिन्दलाल श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले पनि सपथ लिएका हुन् ।

सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामालगायतले मनोनित सदस्यहरुलाई सपथ गराएका हुन् । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महर्जनले खेलक्षेत्रमा लामो समयदेखि योगदान गरेका व्यक्तिहरुलाई परिषद् सदस्यमा मनोनित गरिएको भन्दै यसले बागमती प्रदेशको समग्र खेलक्षेत्रको विकासमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सामाजिक विकास मन्त्री खड्गीले परिषद्का सदस्यहरुलाई आफ्‌नो विज्ञता प्रयोग गरी खेलक्षेत्रको प्रवद्र्धन र खेलाडीहरुको हितका लागि काम गर्न सुझाव दिइन् ।

कार्यक्रममा मुख्यमन्त्री बहादुरसिं लामाका राजनीतिक सल्लाहकार बिनोद शाह, सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे, प्रदेश खेलकुद विकास परिषद्का प्रमुख बद्रीबहादुर पाठक, खेलकुद मन्त्रालयका कार्यक्रम महाशाखा प्रमुख सूर्य दाहाललगायतको उपस्थिति थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here