27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारिकभरिङका युवालाई पेन्टिङ तालिम

रिकभरिङका युवालाई पेन्टिङ तालिम

हेटौंडा/हेटौंडा–५ मा रहेको मकवानपुर रिकभरिङ समूहका युवाहरुका लागि पेन्टिङ तालिम आयोजना गरिएको छ । लागुऔषध प्रयोग छुटाउन सुधारकेन्द्रमा रहेकाहरु परिवारमा पुनर्स्थापित भएपश्चात् आयआर्जन र काममा जोडिन मद्धत पुर्‍याउने उद्धेश्यसहित तालिम आयोजना गरिएको हो ।

एक महिने तालिमको मंगलबार हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । लामाले अमूल्य जीवनलाई अकालमै नत्याग्न युवालाई अनुरोध गरिन् । ‘जीवन के हो भन्ने बुझ्नु जरुरी छ । एकछिन मज्जा लिने नाममा धेरै युवाले लागुऔषधकै कारण अकालमा ज्यान गुमाइरहेका छन्,’ मेयर लामाले भनिन्‌–तपाईंहरु लागुऔषध छाडेर आफूलाई परिवर्तन गर्नुहोस् । सहयोग गर्न उपमहानगरपालिका तयार छ ।

लागुपदार्थका कारण धेरैले अकालमै ज्यान गुमाइरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । हेटौंडा–५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेले एकपटक पाइने अमूल्य जीवनलाई लागुऔषधले नसकाउन अनुरोध गरे । लागुपदार्थ सेवनकर्ताहरुलाई सुधार्दै आएको मकवानपुर रिकभरिङ समूहलाई सहयोग गर्न वडा कार्यालय तयार रहेको उनले
बताए ।

समूह उपाध्यक्ष शिवनारायण श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, नेपाल मानवअधिकार संगठन जिल्ला अध्यक्ष शर्मिला श्रेष्ठलगायतले पछिल्लो समय लागुऔषध ठूलो चुनौतीका रुपमा देखापरेको भन्दै यसको न्यूनीकरणका लागि योजनाबद्ध लाग्नुपर्ने धारणा राखेका थिए ।

रिकभरिङ समूह महासचिव सन्दीप शाक्यले काम र सिप नभएका कारण परिवारमा पुनर्स्थापना भएपश्चात् फेरि दुर्व्यसनमै फस्ने गरेको जानकारी दिँदै यस्ता तालिम जीवनोपयोगी हुने विश्वास व्यक्त गरे । अघिल्लो पटक भएको तालिमकै सहभागी बुद्ध लामाले यस पटक ३० जनालाई पेन्टिङ सिकाउनेछन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here