19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाडुम्रेकुनामा माघबाट श्रीमद्भागवत्‌

डुम्रेकुनामा माघबाट श्रीमद्भागवत्‌

हेटौंडा/मकवानपुरगढी गाउँपालिका–६ नम्बर वडाको केन्द्र डुम्रेकुनामा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ ।

डुम्रेकुना बजारको मध्यभागमा अवस्थित जालपा/जलेश्वर मन्दिरपरिसरमा २ माघदेखि १० गतेसम्म महायज्ञ हुने भएको हो । मन्दिरको भौतिक संरचना निर्माणार्थ पण्डित रामचन्द्र तिमल्सिना र १०८ महायज्ञका अभियानकर्ता हरिचन्द्र तिमल्सिनाबाट हरेक दिन कथावाचन, भजन र झँँकीसहित धार्मिक कार्यक्रम हुने गरी महायज्ञ हुन लागेको प्रचारप्रसार समिति संयोजक टीकाप्रसाद दाहालले जानकारी दिए ।

मातातीर्थ/धनेश्वर महादेव मन्दिर तथा जालपा/जलेश्वर मन्दिर व्यवस्थापन समिति तथा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ आयोजक मुल समारोह समितिको आयोजना, ६ नम्बर वडा कार्यालयको सहकार्यमा महायज्ञ हुने भएको छ । महायज्ञस्थल डुम्रेकुना गाउँपालिकाकै केन्द्र भागमा पर्दछ । जिल्ला सदरमुकाम हेटौंडाबाट कान्तिलोकपथ हुँदै शिखरकटेरीको मुखबाट दक्षिणतर्फ वा सामरी पुलबाट सहिद बासुदेव मार्ग भएर करिब १० किलोमिटर दुरीमा डुम्रेकुना पुग्न सकिन्छ ।

श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ आयोजक मुल समारोह समिति अध्यक्ष रामकृष्ण न्यौपानेको सभाध्यक्षतामा बुधबार बसेको बैठकले महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको जनाएको छ । माघ २ गते विहान ८ बजे भागरथी टोलस्थित शास्वत् धामबाट कलशयात्रा सुरु हुने प्रचारप्रसार समिति संयोजक दाहालले जानकारी दिए । महायज्ञमा प्रत्येक दिन ७ बजेदेखि साँझ ८ बजेसम्म पाठपारायण, १० बजेदेखि अपराह्‌न ४ बजेसम्म कथावाचन, भजन र झँँकी हुनेछ ।

हरेक दिन साँझ ७ बजेदेखि १० बजेसम्म महात्म्य कथावाचन, भजन र झँँकी प्रदर्शनी हुने दाहालले बताए । ९ गते लाखबत्ती बाल्ने कार्यक्रम छ । महायज्ञमा सामूहिक ब्रतवन्ध, चौरासी पुजा, तुलादान, जिन्सीदानलगायत कार्यक्रमको पनि व्यवस्था रहेको दाहालले बताए । महायज्ञमा राष्ट्रियस्तरका कलाकारको पनि प्रस्तुति रहने जनाइएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here