31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडा कपडा पुनर्संञ्चालनमा नआउँदाको चिन्ता

हेटौंडा कपडा पुनर्संञ्चालनमा नआउँदाको चिन्ता

हेटौडा/नेकपा एमालेका प्रमुख सचेतक र सांसद् महेश बर्तौलाले हेटौंडा कपडा उद्योग लामो समयदेखि सञ्चालनमा आउन नसकेकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । उद्योग संघ मकवानपुरको तेइसौं साधारणसभालाई सम्बोधन गर्दै उनले हेटौंडा औद्योगिक क्षेत्रमा कपडा उद्योग सञ्चालनमा लगातार देखापरेको अवरोधप्रति दुःख व्यक्त गर्दै यसलाई समाधान गर्नुपर्ने आवश्यकता औंल्याए ।

सांसद् बर्तौलाका अनुसार उक्त क्षेत्रका उद्योगहरु सञ्चालनमा नआउँदा हजारौं स्थानीय जनतालाई रोजगारको अवसरको अभाव भइरहेको, जसले सामाजिक र आर्थिक अवस्था प्रभावित बनाएको उल्लेख गरे । ‘मकवानपुरका दुई/तीन हजार जनतालाई रोजगारीको अवसर दिन सक्ने उद्योगका लागि धेरै प्रयास गर्दा पनि सफल हुन सकिएको छैन । यो हाम्रा लागि गम्भीर चिन्ता हो,’ सांसद् बर्तौलाले भने ।

उनले बन्द भएका उद्योगहरुको पुनर्संञ्चालनका लागि सबै राजनीतिक दलले एकजुट भएर काम गर्नुपर्ने धारणा राखे । उद्योगका फाइल ९ वर्षसम्म घुमिरहे तर कार्यान्वयन नभएको देखिन्छ । जसले देशको औद्योगिक अवस्थालाई धरासयी बनाएको उनले बताए । सांसद् बर्तौलाले देशको औद्योगिक विकासका लागि सरकार र राजनीतिक दलहरुको साझा पहल आवश्यक भएको भन्दै उद्योगका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्न माग गरे ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here