27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडागौरीटारभित्र ड्रेनसहित क्रिकेट मैदान

गौरीटारभित्र ड्रेनसहित क्रिकेट मैदान

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालाभित्र ड्रेनसहित क्रिकेट मैदान निर्माण हुँदैछ । ११ करोड ७४ लाखमा उक्त स्थानमा क्रिकेट मैदान निर्माण भइरहेको प्रदेश खेलकुद परिषद् सदस्यसचिव दीपक लामाले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भीभीआईपी कक्ष, खेलाडीकक्ष (प्लेयर बक्स), चेञ्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुनेछ ।

क्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डीपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उनले बताए । उक्त निर्माणाधीन क्रिकेट मैदान सम्पन्न गर्न नौं करोड ४२ लाख ८२ हजारमा २०८० चैत २० मा एसएनएस पीएल एचकेसी जेभीले ठेक्का लिएको थियो ।

हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुने उनले बताए । मैदानको लेभल मिलाएपछि भूमिगत् ढलमार्फत् पानी पठाउन पाइप बिच्छ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिच्छ्याउने उनले बताए । मैदानको सबभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताए । गत आइतबार नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्काले गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत् अनुगमन गरेका थिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here