31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडालापसे/मापसे गर्ने सुमोचालक पक्राउ

लापसे/मापसे गर्ने सुमोचालक पक्राउ

हेटौंडा/मकवानपुर प्रहरीले लागुपदार्थ सेवन गरी सुमो चलाउने एकसहित मादकपदार्थ सेवन गरी सुमो चलाउने चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको संयुक्त टोलीले भीमफेदी–१, बाघझोरामा गरेको विशेष चेकिङमा प्रहरीले दुई चालकलाई नियन्त्रणमा लिएको हो । बाघझोरास्थित हेटौंडा–भैंसे सडकखण्डमा चल्ने सवारीसाधनका ५२ चालकलाई लापसे तथा मापसे चेक गर्ने क्रममा सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना. १ ज ४६१९ नम्बर सुमा चालक सर्लाही बरथवा नपा वडा–८ बस्ने वर्ष ३२ का फेमस खड्कामा लागुपदार्थ पोजेटिभ पाइएको र काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना. १ ज ७०२८ नम्बर सुमोचालक हेटौंडा वडा–८ बस्ने वर्ष ३६ का सुजन गुरुङले मापसे गरेको फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here