21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासमुदायस्तरीय कानुनी शिक्षा अनुशिक्षण
spot_img

समुदायस्तरीय कानुनी शिक्षा अनुशिक्षण

spot_img

हेटौंडा/टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा हेटौंडा–१० र ११ वडामा रहेका टोलविकास संस्थाका पदाधिकारी एवम् सदस्यहरुका लागि १ दिने समुदायस्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम गरिएको छ ।

टोलविकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहागरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष जुना दाहाल, न्यायिक समिति सदस्य एवम् नगर समन्वय समितिका सल्लाहकार ज्ञानबहादुर थापा, न्यायिक समिति सदस्य सन्तुमाया पाख्रिन, टोलविकास संस्था नगर समन्वय समिति महासचिव शिवहरि दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका मेलमिलाप केन्द्र संयोजक यदुवंश खतिवडा, ११ वडा मेलमिलाप संयोजक शर्मिला अधिकारी, वडा समन्वय समिति हेटौंडा–११ अध्यक्ष यज्ञबहादुर आचार्यलगायतको उपस्थिति थियो ।

- Advertisement - Ad Banner

कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिका कानुन अधिकृत सुजन तिमल्सिना, सरस्वती धिमाल, अधिवक्ता अप्सरा बस्नेतले सहजीकरण गरेका थिए । कार्यक्रममा हेटौंडा–१० र ११ वडाका ६५ जनाको सहभागिता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि