31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडावैकल्पिक मार्ग स्तरोन्नतिका लागि बन्द

वैकल्पिक मार्ग स्तरोन्नतिका लागि बन्द

हेटौंडा/मकवानपुरलाई काठमाडौंसँग जोड्ने वैकल्पिक मार्ग महालक्ष्मीखोला–मातातीर्थ–सतुंगल सडक स्तरोन्नतिका लागि बन्द गरिने भएको छ ।

मकवानपुरको महालक्ष्मीखोला–मातातीर्थ सडकअन्तर्गत् मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मीखोलानजिक भिर कटानका लागि उक्त सडक सोमबारदेखि १५ दिनका लागि बन्द गरिने भएको हो । मकवानपुरको महालक्ष्मीखोलादेखि चखेल देउराली हुँदै काठमाडौंतर्फ जाने सडक पुस २२ गते सोमबारदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ ।

बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरबाट मकवानपुरतर्फको सडकखण्डमा स्तरोन्नतिका क्रममा सडक बन्द गर्न लागिएको इन्द्रसरोवर गाउँपालिका–५ का वडा अध्यक्ष दुतराज तितुङले जानकारी दिए । उनका अनुसार महालक्ष्मीखोलादेखि चखेल–देउराली खण्डमा टेवा पर्खाल निर्माण, भिर कटान, ढल निर्माणलगायत कार्य भइरहेको छ । हेटौंडा–काठमाडौं जोड्ने सबभन्दा छोटो उक्त मार्गको काठमाडौंतर्फ भने स्तरोन्नतिको कार्य हाल नभएको वडा अध्यक्ष तितुङले बताए ।

कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक र फर्पिङ–टल्कु–हुमाने सडकखण्डमा एकतर्फीरुपमा सवारीसाधन सञ्चालन गरिएको छ । राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत् यी सडकको निर्माण कार्य भइरहेकाले एकतर्फी गरिएको हो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here