19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाविषादी व्यवसायी संघको प्रथम अधिवेशन सम्पन्न

विषादी व्यवसायी संघको प्रथम अधिवेशन सम्पन्न

हेटौंडा/विषादी व्यवसायी संघ नेपाल मकवानपुर शाखाको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः सुबास मल्लठकुरीको नेतृत्वमा कार्यसमिति गठन गरेको छ । संघको उपाध्यक्षमा निराजन बर्तौला, सचिव नेत्र ढुंगेल र कोषाध्यक्षमा कुशराज अधिकारी चयन भएका छन् । सदस्यहरुमा राधाकृष्ण श्रेष्ठ, विश्वराज अधिकारी, सुरेन्द्र न्यौपाने, तुलसीप्रसाद घिमिरे र शशिधर सुबेदी चयन भएका छन् । अधिवेशनमा व्यवसायीको भूमिका, विषादीको प्रभावकारी व्यवस्थापन र यस क्षेत्रको दीर्घकालीन योजनाबारे छलफल गरिएको थियो ।

संघका अध्यक्ष ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले विषादी व्यवसायलाई व्यवस्थित, सुरक्षित र दीगो बनाउनका लागि विभिन्न सुझाव र योजना प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि संघ केन्द्रीय अध्यक्ष छोटेलाल साहले संघको मूल उद्धेश्य विषादी व्यवसायलाई सुरक्षित, जिम्मेवार र व्यवस्थित बनाउँदै किसान, उपभोक्ता र वातावरण संरक्षण गर्नु रहेको बताए ।

विषादीको उचित प्रयोग, व्यवस्थापन र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न आफ्‌नो भूमिका प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए । उनले राज्यले कृष्ीि सामग्रीहरुमा लगाइएको भ्याट अव्यवहारिक रहेको बताउँदै यसमा सरकारले पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

कृषि ज्ञानकेन्द्र चितवन प्रमुख झलक कँडेलले आजको समयमा कृषि उत्पादकत्व वृद्धि गर्न र कीट तथा रोग व्यवस्थापनमा विषादीको महत्वपूर्ण भूमिका रहेको भन्दै यसको जिम्मेवार र सुरक्षित प्रयोग अपरिहार्य रहेको बताए । कृषि विकास कार्यालयले किसानलाई विषादीको सही उपयोग, प्रभावकारिता तथा सुरक्षा उपायबारे जनचेतना फैलाउन निरन्तर काम गर्दै आएको छ । हामीले व्यवसायीलाई आवश्यक तालिम, ज्ञान, तथा परामर्श प्रदान गर्न सधैं तत्पर रहेको बताए ।

कृषिक्षेत्रको दीगो विकास र किसानको जीवनस्तर सुधार गर्न विषादी व्यवसायी संघको योगदान अमूल्य रहेको बताउँदै कृषि ज्ञानकेन्द्रले संघसँग सहकार्य गर्दै कृषिमा नवप्रवर्तन र जिम्मेवार अभ्यासलाई अगाडि बढाउन सधैं तत्पर रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा मकवानपुरमा रहेर लामो समय कृषि तथा विषादी व्यवसाय गर्दै आएका अग्रज व्यवसायीलाई सम्मान गरिएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ उपाध्यक्ष अनिल अग्रवाल र राजु अधिकारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश पूर्वअध्यक्ष प्रताप बिष्ट, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल वीउ व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष हरिशरण अर्याल, विषादी व्यवसायी संघ निवर्तमान अध्यक्ष विजय कनौडिया, नेपाल फर्टिलाइजर एसोसिएसन प्रदेश उपाध्यक्ष राधाकृष्ण श्रेष्ठलगायतको उपस्थिति थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here