27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा१ नम्बर वडा बालमैत्री हुँदै

१ नम्बर वडा बालमैत्री हुँदै

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । बालमैत्री वडा हुन ५१ वटा सूचाक पालना गरेको हुनुपर्नेमा प्रायः सबै सूचक वडाले पार गरेको वडा अध्यक्ष सबिन न्यौपानेले बताए । वडामा भएको सीएफएलजीका सूचकको अन्तिम अवस्थामापन स्थितिपत्र तयारी तथा घोषणापश्चात् पञ्चवर्षीय रणनीतिक योजना निर्माण कार्यशालामा बालमैत्री वडा घोषणा गर्न सकिने बताइएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महाशाखा प्रमुख मन्दिरा थापा, बालमैत्री नगर सहजकर्ता सपना ढुंगाना, वडा सदस्य मनु दाहाल, रामकृष्ण अधिकारीलगायतको उपस्थिति थियोे । बालमत्री वडा घोषणा कार्यक्रम हेटौंडा–१, नकौलीमा माघ ११ गते गरिने वडा अध्यक्ष न्यौपानेले जानकारी दिए । हालसम्म ११ वटा वडा बालमैत्री वडा घोषणा भएको नगर सहजकर्ता ढुंगानाले जानकारी दिइन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here