31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा शेयर ब्रोकरको शाखा

हेटौंडामा शेयर ब्रोकरको शाखा

हेटौंडा/हेटौंडामा शेयर ब्रोकरको नयाँ शाखा खुलेको छ । हेटौंडा–४, पारिजातपथ एसके भवनमा नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड ब्रोकर नम्बर–४८ को शाखा खुलेको हो ।

बुधबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले शाखा कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेडका प्रवन्ध निर्देशक गोबिन्द दाहाल, कार्यकारी सञ्चालक मनोज खड्का, संस्थापक गयाप्रसाद श्रेष्ठ, उद्योग वाणिज्य संघ मकवानपुरका पदाधिकारी, समाजसेवी ह्यग्रीव आचार्यलगायत लगानीकर्ताको उपस्थिति थियो ।

आमनागरिकमा शेयर बजारप्रतिको आकर्षण बढेको र लगानीकर्ताको हितका लागि व्यवस्थपितरुपमा हेटौंडामा चौथो शाखा विस्तार गरिएको कम्पनीका प्रवन्ध निर्देशक दाहालले बताए । आउँदा दिनमा साढे २ अर्ब पुँजी पुर्‍याउने लक्ष्यसहित देशका विभिन्न ठाउँमा शाखा विस्तार गर्दै लैजाने दाहालले बताए । कम्पनी उद्घाटनसँगै शाखाले मेरो शेयर र डिम्याट खाता खोल्ने, शेयर खरिद बिक्री तथा निक्षेप सदस्य सेवा सुरु गरेको कम्पनी हेटांैडा शाखा प्रमुख बिमल सञ्जेलले बताए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here