21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारनिङशिल्ड राष्ट्रिय माविलाई
spot_img

रनिङशिल्ड राष्ट्रिय माविलाई

spot_img

हेटौंडा/मनहरीमा भएको पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिताअन्तर्गत् रनिङशिल्ड राष्ट्रिय माध्यमिक विद्यालय विद्यालय मनहरी–६, सुनाचुरीले उचालेको छ ।

९ स्वर्ण पदक जित्दै राष्ट्रिय मावि सुनाचुरीले रनिङशिल्ड उचालेको हो । गत वर्ष रनिङशिल्डमा कब्जा जमाएको मनहरी गाउँपालिका–१ स्थित बालजीवनज्योति माविले दोस्रोपटक शिल्ड कब्जा गर्न सकेन । उसले ६ स्वर्ण पदक जितेर उपविजेता बनेको हो । युवावर्ष गंगा आधारभुत विद्यालयले ५ स्वर्णसहित तेस्रो स्थान हासिल गरेको छ । सोमबार भएको छात्रतर्फको भलिबल फाइनल खेलमा भोजसिद्ध मावि मनहरी–५ लाई पशुपतिनाथ मावि मनहरी–४ ले पराजित गरेको थियो ।

- Advertisement - Ad Banner

छात्रातर्फको फाइनल खेलमा महेन्द्रकिरण माध्यमिक मनहरी–८ ले महेन्द्रज्योति मावि मनहरी–३ लाई पराजित गरेको कार्यक्रम व्यवस्थापन गरिरहेको मनहरी–७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक साधुराम रिजालले बताए । मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीमगर र प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीको उपस्थितिमा रनिङशिल्ड, मेडल, प्रमाणपत्र, तथा व्यक्तिगत्‌रुपमा विजयी विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको थियो ।

मनहरी खेलकुद विकास समितिका अध्यक्ष वीरु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा–३ का वडाध्यक्ष अनन्तप्रकाश अर्याल, वडा–४ का वडाध्यक्ष प्रकाश थापा, वडा–७ का वडाध्यक्ष ठाकुरराम तितुङ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रदीप पराजुली, स्रोतशिक्षक बिदुर थापालगायतको सहभागिता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि