19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा मनाइयो तमु ल्होसार

हेटौंडामा मनाइयो तमु ल्होसार

हेटौंडा/हेटौंडामा तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष ल्होसार मनाइएको छ । जिल्लामा बसोबास गर्ने गुरुङ समुदायले आफ्‌नो विशेष पर्वका रुपमा तमु ल्होछार मनाएका हुन् ।

तमु ह्युल छोंज धि (गुरुङ राष्ट्रिय परिषद्) मकवानपुरले सोमबार हेटौंडा–११ स्थित शहीद स्मारकमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी तमु ल्होछार मनाएको हो । कार्यक्रममा वक्ताहरुले तमु ल्होछारसहित जनजातिको विशेष पर्वहरुको संरक्षण र प्रवद्र्धनका लागि तीन तहको सरकारले विशेष ध्यान दिनुपर्ने बताएका
छन् ।

हेटौंडा उपमहानगरपालिका–३ का अध्यक्ष ढलकबहादुर थापाले सँस्कृति जोगाउन यस्ता पर्वहरुले महत्व दिने बताए । उनले आफ्‌नो भाषा, सँस्कृतिसँगै ल्होछार जस्ता पर्वको मौलिकता जोगाउन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला भएको बताए । गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय सदस्य जंगबहादुर गुरुङले गणतान्त्रिक नेपालमा ल्होछारमा सार्वजनिक बिदा दिनु सकारात्मक भए पनि मौलिक सँस्कृति संरक्षण गर्न सरकारले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

मकवानपुर जिल्लामा बजेट विनियोजन गर्ने क्रममा आदिवासी जनजातिलाई अन्याय गरिएको उनको भनाइ थियो । उनले मकवानपुर जिल्लामा गुरुङ समुदाय सातौं स्थानमा रहेको बताउँदै मकवानपुरमा १ हजार पाँच सय १८ जना हाराहारीमा गुरुङ समुदायको बसोबास रहेको उनले जानकारी दिए । उनले आफ्‌नो सँस्कृति जोगाउन सबै गुरुङ समुदाय एकजुट भएर लाग्न पनि आग्रह गरे ।

गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा रहेर उल्लेख्य काम गर्नेहरुलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेहरुमा शिक्षा विकास तथा समन्वय एकाईं कार्यालय मकवानपुर शाखा अधिकृत संगीता गुरुङ, त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र विषयको दर्शनाचार्य परीक्षामा सर्वोत्तम श्रेणीमा उत्तीर्ण भइ मकवानपुर तमु समुदायका पहिलो व्यत्तिी हुने मनिराज गुरुङ, फिजियोथेरापी करियर पथ लेखिका रतिकुमारी गुरुङ, मेडिकल व्यवसायी राजु गुरुङ, भू तथा जलाधार व्यस्थापन कार्यालय मकवानपुर प्रमुख सृजना गुरुङ र नेपाल पत्रकार महासघ मकवानपुर नवनिर्वाचित कार्यसमिति सदस्य निशा गुरुङ छन् ।

कार्यक्रममा स्वर्गीय माधब गुरुङको नाममा स्थापित माधव गुरुङ अक्षयकोष–२०७५ बाट प्रदान गरिने छात्रवृत्तिमा मनहरी गाउँपालिका–८ की करिष्मा गुरुङ, थाहा नगरपालिका–५ का सुदीप गुरुङ र प्रेरणा गुरुङ, कैलाश गाउँपालिका–१ का विनुता गुरुङ र विना गुरुङलाई नगद ८ हजार ५ सयसहित छात्रवृत्ति प्रदान गरिएको थियो ।

गुरुङ राष्ट्रिय परिषद् मकवानपुर अध्यक्ष केशरबहादुर गुरुङको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुर अध्यक्ष कालु घलान, किराँत राई यायोक्ख्या मकवानपुर अध्यक्ष केबी राई, नेपाल मगर संघ मकवानपुर अध्यक्ष सन्देश मगर, थारु कल्याणकारिणीसभा मकवानपुर अध्यक्ष सञ्चतानन्द थारु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुर अध्यक्ष अशोकसुजन श्रेष्ठलगायतको आतिथ्यता थियो । कार्यक्रममा गुरुङ पहिरनमा सजिएका गुरुङ युवायुवती, बालबालिकाले गुरुङ साँस्कृतिक नाचगान प्रस्तुत गरेका थिए । मकवानपुरमा २०५५ सालदेखि गुरुङ समुदायले सामूहिकरुपमा तमु ल्होछार मनाउँदै आएका छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here