19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामहासचिवमा विकेशलालको उम्मेद्वारी

महासचिवमा विकेशलालको उम्मेद्वारी

हेटौंडा/मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको महासचिवमा विकेशलाल श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । मउवा संघको नयाँ नेतृत्वका लागि पुस २७ गते निर्वाचन हुँदैछ । त्यसका लागि उनले महासचिवमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

वर्तमान उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यसमेत रहेका श्रेष्ठले आफू अनिल अग्रवालको प्यानलबाट मउवा संघको महासचिवका लागि उम्मेद्वार बन्न लागेको बताए । उनले सम्पूर्ण व्यवसायीहरुले आफ्‌नो अमूल्य मत प्रदान गरी महासचिवमा निर्वाचित गरिदिनसमेत आग्रह गरेका छन् । श्रेष्ठले मउवा संघको गत निर्वाचनमा ८ सय ७० मत प्राप्त गरी दोस्रो नम्बरमा कार्यसमिति सदस्य भएका थिए ।

उनी केही दिनअघिमात्र नेपाल जेसीजको महासचिवमा मनोनित भएका थिए । जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२५ का लागि अध्यक्षमा निर्वाचित रजनी थापाले महासचिवमा श्रेष्ठलाई मनोनित गरेकी हुन् । श्रेष्ठ हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्षसमेत हुन् । श्रेष्ठ लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका पूर्वअध्यक्षसँगै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here