31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडा सिमेन्ट आर्थिक संकटमा

हेटौंडा सिमेन्ट आर्थिक संकटमा

हेटौंडा/उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा परेको छ । असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो । उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ ।

आर्थिक संकटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्ने गरी तयारी भइरहेको उद्योग व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र भण्डारीले बताए । उपकरण मर्मत गर्न भारतबाट प्राविधिक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ । ‘हामीसँग कच्चा पदार्थको अभाव छैन,’ अध्यक्ष भण्डारीले भने–उद्योगलाई चाहिने चार सय मेट्रिकटन कोइला मौज्दात छ,’ उनले भने । आर्थिक अभावका कारण यसअघि पनि दुई महिना उद्योग बन्द भएको थियो । भदौ तेस्रो सातादेखि उत्पादन सुरु गरेको उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here