हेटौंडा/चैनपुर जेसीज मनहरी वर्ष सन् २०२५ को अध्यक्षमा कृष्णप्रसाद ढकाल चयन भएका छन् । सोमबार भएको जेसीजको दोस्रो साधारणसभा तथा अधिवेशनले यसअघि महासचिव रहेका ढकालको नेतृत्वमा सर्वसम्मत् नयाँ कार्यसमिति चयन गरेको हो ।
जेसीजको कार्यकारिणी उपाध्यक्षमा मिलन ढुंगाना र मनोज बिष्ट तथा उपाध्यक्षमा राजु सुबेदी, बालकृष्ण बिष्ट, कृष्णप्रसाद खनाल र रोचक ढकाल चयन भएको निर्वाचन आयुक्त गणेशदर्पण अधिकारीले जानकारी दिए । अध्यक्ष चयन भएका ढकालले स्थापनाकालदेखि आयोजना गर्दै आएको कार्यक्रमको निरन्तरता एवम् नयाँ कार्यक्रम गर्दै आफ्नो कार्यकाल नमूनालायक बनाउने प्रतिवद्धता जनाए ।
‘जेसीज कप फुटबल, जेसीज दौडलगायत कार्यक्रमलाई निरन्तरता दिनेछु । सबैसँगको सल्लाहमा केही नयाँ कार्य क्रम सुरुवात गरिनेछ,’ नवनिर्वाचित अध्यक्ष ढकालले भने–नयाँ शाखा भएकाले तालिमलाई प्राथमिकता दिनेछौं । वर्ष सन् २०२५ लाई नमूनालायक बनाउन प्रयासरत् रहनेछ । जेसीजको साधारणसभाबाट अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्ष पदको चयन हुनेछ भने बाँकी पद अध्यक्षले मनोनित गर्ने प्रावधान छ । सन् २०२२ मा स्थापना भएको चैनपुर जेसीज मनहरीले युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक काम गर्दै आएको छ । जेसीजको साधारणसभा वर्ष सन् २०२४ का अध्यक्ष रविन ढकालको सभाध्यक्षतामा भएको हो ।